ईम्प्रेशन नेपालको तेस्रो दाङ अधिवेशन सम्पन्न, अध्यक्षमा डाँगी

भाद्र ९, घोराही दाङ,  ईम्प्रेशन नेपालको तेस्रो दाङ अधिवेशन सम्पन्न भएको छ l तेस्रो जिल्ला अधिवेशनले विशाल डाँगीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा शैलेस अधिकारी, सचिवमा एकराज भण्डारी, सहसचिवमा मनिषा शर्मा र कोषाध्यक्षमा शोभा बस्नेत चयन हुनुभएको छ ।यसैगरी सदस्यहरुमा मिसन सुनार, कविराम पुनमगर, खुशी शर्मा र सुदीप चौधरी हुनुहुन्छ ।

कार्यक्रममा अतिथिको रुपमा ५ नम्वर प्रदेशसभा सदस्य अमरबहादुर डाँगी र इम्प्रेशन नेपालका केन्द्रीय अध्यक्ष महेन्द्रलाल श्रेष्ठको उपस्थिति रहेको थियो l

कार्यक्रममा इम्प्रेशन नेपालका पाँच नम्वर प्रदेश इन्चार्ज किरण गौतम, पत्रकार महासंघ दाङका कोषाध्यक्ष आरके शीतल, प्रेस चौतारी नेपाल दाङका अध्यक्ष जे.एन.सागर, नाटुका अध्यक्ष दिलबहादुर क्षेत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गगरेका थिए l

सोहि दिन बसेको कार्यसमितिको पहिलो बैठकले सल्लाहकारहरु चयन गरेको छ । सल्लाहकारहरुमा अनन्त आरसी, मोहनलाल चौधरी, हरिभक्त डाँगी, राजकुमार चौधरी र माधव कँडेल रहनुभएको छ ।

इम्प्रेशन नेपाल युनी एप्रो ग्राफिकल र प्याकेजिङ कार्य समिति सदस्यमा निर्बाचित

युनीएप्रो ग्राफिकल र प्याकेजिङको चौधौ सेप्टेम्बर 2021 मा सम्पन्न पाचौ क्षेत्रीय सम्मेलन सम्मेलन बाट इम्प्रेशन नेपाल चार बर्षको लागि कार्यसमिति सदस्यमा चयन भएको छ l नौ देशका सम्बद्ध युनियनहरुका चौतिस ३४ प्रतिनिधि, अतिथि र पर्यवेक्षकहरू साथै युनी र युनी एप्रो अधिकारी हरुको कार्याक्रममा उपस्थिति रहेको थियो l

युनीएप्रो ग्राफिकल र प्याकेजिङका अध्यक्ष लोरेन क्यासिनले कार्यक्रमको उद्घाटन गरिन्। उनीसँगै थिइन् क्रिस्टी होफम्यान, यूएनआई ग्लोबल युनियन महासचिव, निकोला कोन्स्टेन्टिनौ, यूएनआई जी एन्ड पी प्रमुख, र यूएनआई एप्रो क्षेत्रीय सचिव राजेन्द्र आचार्य।

महामारीको समयमा ग्राफिकल र प्याकेजिङ सदस्यहरुको महत्वपूर्ण भूमिका र योगदान रहेको र डिजिटल युगमा युनियनहरू सान्दर्भिक र अद्यावधिक रहनु पर्नेमा सबै को जोड रह्यो l 2021-2025 को लागि युनी एप्रो ग्राफिकल र प्याकेजिङ्गको कार्य योजनामा निम्न अनुसार प्राथमिकता ​​सूचीबद्ध गरियो l

१. सामुहिक मोलतोलका लागि शक्ति निर्माण गर्न यस क्षेत्रमा ग्राफिकल र प्याकेजिङ युनियनहरूलाई संगठित र सशक्त बनाउने

२. डिजिटलाइजेसन र कोभिड १९ महामारीका चुनौतीहरूमा नवीन प्रतिक्रियाहरू अपनाउने

३. यस क्षेत्रका ग्राफिकल र प्याकेजिङ सम्बद्ध सदस्य र संस्थाहरु बीच सूचना साझेदारी र रचनात्मक रणनीतिहरूको आदानप्रदानलाई निरन्तरता दिन नेटवर्किङ अवसरहरू प्रवर्द्धन गर्ने

“अगाडिको निर्माण: समावेशी, समतामूलक र दिगो भविष्यतर्फ,” क्षेत्रीय सचिव राजेन्द्रद्वारा प्रस्तुत रिकभरीमा मानव-केन्द्रित दृष्टिकोणद्वारा संचालित समावेशी, समतामूलक र दिगो भविष्यका लागि UNI Apro को एजेन्डा बिषयमा सम्मेलनमा आचार्यले मुख्य सम्बोधन गरेका थिए ।

 

इम्प्रेशन नेपालको कर्णाली प्रदेश स्तरीय प्रथम भेला सम्पन्न

भदौ ९ ,वीरेन्द्रनगर, आईसिटी,मिडिया तथा प्रेस प्रोफेसनल्स यूनियन, इम्प्रेशन नेपालको कर्णाली प्रदेश स्तरीय प्रथम भेला वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ l भेलाले निम बहादुर वुढाको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ ।

यसैगरी प्रदेश कमिटि उपाध्यक्षमा सत्येन्द्र दर्लामी, सचिवमा लक्ष्मी रोकाय, सहसचिव सविना राना (सुर्खेत) सदस्यहरु विनोदकुमार घर्ती (जाजरकोट), धर्मराज थापा, दिपेन्द्र सुनार (दैलख), गोविन्दराज पुरी (कालीकोट), गोपी चौधरी (रुकुम) र सूर्य बहादुर महत (जुम्ला) बाट रहेका छन् l भेलाले जिल्ला संयोजकहरु तोक्नुका साथै युवा र महिला प्रतिनिधि समेत छनौट गरेको छ ।

इम्प्रेसन नेपाल का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज कमरेड तेज प्रकाश जिसीको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा इम्प्रेसन नेपाल संस्था र यसका कार्यक्रमहरुका बारेमा इन्चार्ज जिसीले सहभागीहरुलाई प्रशिक्षित गराउनु भएको थियो भने सहभागिहरुले यूनियनको विधान, मर्म र नीति अनुरुप निरन्तर गतिविधि संचालनमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिवद्धता जनाएका थिए ।

जिफन्ट राष्ट्रिय कमिटी महिला सदस्य चन्द्रा धामीले भेलाको शुभकामना दिंदै युनियनको गतिविधि अब वैज्ञानिक, समसामयिक र व्यवहारिक हुनुपर्ने धारणा राख्नु भयो ।

साथै भेलाका अतिथि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश कमिटी अध्यक्ष दुर्गा थापाले श्रमिकको समस्याहरु नजिकबाट बुझ्ने मौका पाइरहेको तर समस्या समाधानका लागि यूनियनको जग बलियो हुनुपर्ने धारणा राख्दै श्रमिकको पेशालााई मर्यादित र सम्मानित बनाउन पत्रकार महासंघले कुनै कसर बाँकी नराख्ने बताउनु भयो । थापाले एउटालाई पर्दा सबै जाग्नुपर्छ तब मात्र यूनियनको मर्म झल्कने
कुरामा जोड दिनु भयो ।

नव निर्वाचित अध्यक्ष बुढाले इम्प्रेशन अब सुर्खेतमा मात्र सिमित रही प्रदेशका नौ जिल्लामा विस्तारित गर्दै यूनियनलाई बलियो बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । भेलामा सहभागीहरुलाई सुर्खेत जिल्ला इन्चार्ज अजय कुर्मीले स्वागत गर्नुभएको थियो भने भेला बलबहादुर सोतीको मगरको अध्यक्षतामा भएको थियो ।

कान्तिपुर पब्लिकेशन कर्मचारी युनियन गण्डकी प्रदेश कमिटि गठन

भदौ २ गते , कास्की पोखरा, आईसिटी,मिडिया तथा प्रेस प्रोफेसनल्स यूनियन, (इम्प्रेशन नेपाल) अन्तर्गत कान्तिपुर पब्लिकेशन कर्मचारी युनियन गण्डकी प्रदेश कमिटि,भुवन बरालको संयोजकत्वमा प्रदेश राजधानी पोखरामा गठन गरिएको छ l कमिटिका अन्य सदस्यहरुमा रमेश बराल, पशुपति पाण्डे, हरिकृष्ण अधिकारी, अमृत पौडेल, दिपेन्द्र भुर्तेल, सोम बहादुर नेपाली, दुर्गा दवाडी , तुल बहादुर लामा रहेका छन् l

भेलामा प्रमुख अतिथिको रुपमा इम्प्रेशन नेपालका केन्द्रीय अध्यक्ष क. महेन्द्र श्रेष्ठ, बिशेष अथितिको रुपमा जिफन्ट राष्ट्रिय उपाध्यक्ष तथा माननीय मिना गुरुङ, जिफन्ट प्रदेश ३ का अध्यक्ष रुद्र खत्री, इम्प्रेशन केन्द्रीय महासचिब क. सुरज अधिकारी , केन्द्रीय सदश्य द्वय ढक प्रसाद खतिवडा र इश्वरी प्रसाद शर्मा लगायत कान्तिपुर पब्लिकेशन कर्मचारी युनियनका पदाधिकारीहरु को उपस्थिति रहेको थियो

इम्प्रेशन नेपालको गण्डकी प्रदेश कमिटि गठन

भदौ २ गते, २०७५, कास्की, पोखरा, इम्प्रेशन नेपालको गण्डकी प्रदेश स्तरिय भेला भाद्र २ गते शनिबार पोखरामा सम्पन्न भयो | भेलाले केन्द्रीय सदस्य तथा चार नम्बर प्रदेश इन्चार्ज क. गुणनिधि पाण्डेको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ l

साथै भेलाले गण्डकी प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरुमा व्यापक रुपमा युनियनको सदस्यता विस्तार अभियान संचालन गर्ने निर्णय गर्दै उक्त प्रयोजनको लागि निम्न अनुसारका कमरेड हरुलाई संयोजकको जिम्मेवारी तोकेको छ l जस अनुसार

१. गुणनिधि पाण्डे : गण्डकी प्रदेश संयोजक
२. रोजी श्रेष्ठ : कास्की संयोजक
३. हरि प्रसाद कोइराला : स्याङ्जा संयोजक
४. शान्ति अधिकारी : तनहुँ संयोजक
५. कृष्ण लामिछाने : लम्जुंग संयोजक
६. गोपी तिमिल्सिना : पर्बत संयोजक
७. युबराज कंडेल : बाग्लुङ संयोजक
८. भिम रसाइली : मुस्तांग संयोजक

भेलामा प्रमुख अतिथिको रुपमा इम्प्रेशन नेपालका केन्द्रीय अध्यक्ष क. महेन्द्र श्रेष्ठ, बिशेष अथितिको रुपमा जिफन्ट राष्ट्रिय उपाध्यक्ष तथा माननीय मिना गुरुङ, जिफन्ट प्रदेश ३ का अध्यक्ष रुद्र खत्री, इम्प्रेशन केन्द्रीय महासचिब क. सुरज अधिकारी , केन्द्रीय सदश्य द्वय ढक प्रसाद खतिवडा र इश्वरी प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो l

ईम्प्रेशनको झन्डा सागरमाथामा फहरायो, बधाई कमरेड मिङमा डेभिड शेर्पा

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) आवद्ध यूनिट्राभ केन्द्रिय सदस्य तथा पर्वतारोही ईन्चार्ज मिङमा डेभिड शेर्पाले जिफन्ट आवद्ध प्रेस तथा आइटीसी प्रोफेसनल संगठन (ईम्प्रेशन), नेपाल, आईएलओ, नेडरल्याण्डको ट्रेड यूनियन एफएनभि मोण्डेला र यूनि ग्लोवल यूनियनको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउन सफल हुनु भएकोमा जिफन्टको तर्फबाट हार्दिक बधाइ छ ।

श्रेष्ठ र माली प्रधानमन्त्रीको निजि सचिवालयको सूचना प्रबिधि तथा संचार बिज्ञमा नियुक्त

इम्प्रेसन नेपालका केन्द्रीय अध्यक्ष श्री महेन्द्र लाल श्रेष्ठ र सदस्य श्री किरण माली सम्माननीय प्रधानमन्त्रीको निजि सचिवालयको सूचना प्रबिधि तथा संचार बिज्ञ पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ l

जिफन्टको नया नेतृत्व लाइ कार्यभार हस्तान्तरण

अन्तरास्ट्रिय मजदुर दिवसका दिन काठमाडौँ मा आयोजित एक कार्यक्रमका बिच जिफन्टको नवनिर्वाचित नेतृत्व लाइ कार्यभार हस्तान्तरण गरिएको छ l निबर्तमान अध्यक्ष बिष्णु रिमाल र महासचिब बिष्णु  लम्सालले नवनिर्वाचित अध्यक्ष बिनोद श्रेष्ठ र महासचिब जनक चौधरी लाइ ट्रेड युनियन महासंघ को झन्डा र माइन्युट हस्तान्तरण गर्दै कार्यभार सुम्पिनु भएको हो

Web Platform launches to review the Recruitment Agencies

A web platform to review the status of Recruitment Agencies has been launched. The platform allows workers to comment on their experiences, rate the recruitment agencies and learn about their rights.

The ITUC has launched the Migrant Worker “Recruitment Adviser” Platform  www.recruitmentadvisor.org  to protect migrant workers from abusive employment practices, by providing them with peer-to-peer reviews about recruitment agencies in their country of origin and destination. The website has been launched in Nepal, Indonesia and Philippines at once. Initially available in English, Nepali, Indonesian and Tagalog, it will be further developed in more languages.

In Nepal there are thousands of Man power agencies and lists of all Manpower agencies can be found in the Website www.recruitmentadvisor.org . This platform can help migrant workers make critical choices at the time of planning their journey to work in a foreign country.

अस्गर अलि प्रधानमन्त्रीको सुचना तथा प्रविधी बिज्ञका रुपमा नियुक्त

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युको सुचना तथा प्रविधी बिज्ञका रुपमा नियुक्त हुनुभएकोमा इम्प्रेसन नेपालका सदस्य श्री अस्गर अलि लाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ l