एमाले महाधिवेशन सफल बनाउन सक्रिय सहभागी हुने निर्णय

काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आसन्न ११औँ ऐतिहासिक महाधिवेशनका लागि नेपाल ट्रेड युनियन महासंघ अन्तर्गतको घटक युनियन आईसीटी, मिडिया एण्ड प्रेस प्रोफेशनल्स युनियन – इम्प्रेशन महाधिवेशन सफल बनाउन सक्रिय सहभागी हुने निर्णय गरेको छ ।

जिफन्ट श्रम सम्बन्ध परिषद्का सचिव कमरेड कृष्णबहादुर केसीको उपस्थितिमा बसेको इम्प्रेशन केन्द्रीय कमिटिका उपलब्ध सदस्यहरूको बैठकले उक्त निर्णय गरेको हो ।

महाधिवेशनमा प्रभावकारी सहभागिताका लागि केन्द्रीय नेतृत्वले विभिन्न जिम्मेवारी तोकेको छ। इम्प्रेशनका सबै कमिटीहरू, यसअन्तर्गतका सबै प्रतिष्ठानका नेतृत्व तथा सदस्यहरूलाई मंसिर २७ गते हुने विशाल आमसभामा सक्रियतापूर्वक सहभागी भई परिचालित हुने निर्देशनसमेत दिएको छ।

यसअन्तर्गत:

  • महासचिव सुरज अधिकारी र उपाध्यक्ष ओम खड्का– पार्टीको केन्द्रीय आईटी टिममा जिम्मेवारी
  • उपाध्यक्ष किरण माली – प्रतिनिधि व्यवस्थापन तथा प्रकाशन कार्य
  • उपाध्यक्ष रामकृष्ण बन्जारा – कान्तिपुर प्रतिष्ठान तर्फबाट परिचालन
  • आर्थिक सचिव ईश्वरीप्रसाद शर्मा र एनसेल कर्मचारी युनियनका अध्यक्ष बिजय महत – एनसेल प्रतिष्ठान तर्फबाट परिचालन
  • उपमहासचिव सुमन गौतम, केन्द्रीय सदस्य तथा युवा इन्चार्ज तेजप्रकाश धमाला – नेपाल टेलिकम तर्फ परिचालन
  • केन्द्रीय सदस्य विक्रम श्रेष्ठ, सदस्य सबिता बस्नेत – पार्टीको भिडियो, फोटो तथा प्रसारण कार्यमा परिचालन हुनेछन्।

त्यसैगरी, महासंघले तोकेको स्वयंसेवा लगायत अन्य जिम्मेवारीहरू अध्यक्ष बालगोपाल थापाको नेतृत्वमा सम्पूर्ण इम्प्रेशन टिमले वहन गर्नेछ।

बैठकले नेपाल कम्युनिस्ट पार्टी एमाले को  आगामी मंसिर २७–२९ गते काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका इम्प्रेशनका पूर्व अध्यक्ष तथा जिफन्टका प्रकाशन सचिव कमरेड महेन्द्र लाल श्रेष्ठ, इम्प्रेशन उपाध्यक्ष कमरेड किरण माली, र महासचिव सुरज अधिकारी तीनै जना कमरेडहरूलाई बधाई एवं शुभकामना दिने निर्णय  समेत गरेको छ।

इम्प्रेशनबाट तिन नेता प्रतिनिधि चयन

काठमाडौ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आसन्न ११औँ ऐतिहासिक महाधिवेशनका लागि नेपाल ट्रेड युनियन महासंघ अन्तर्गतको घटक संस्था आईसीटी, मिडिया एण्ड प्रेस प्रोफेशनल्स युनियन – इम्प्रेशन बाट तिन जना नेता प्रतिनिधि चयन हुन सफल भएका छन्।

यसअन्तर्गत इम्प्रेशनका पूर्व अध्यक्ष तथा जिफन्टका प्रकाशन सचिव कमरेड महेन्द्र लाल श्रेष्ठ, इम्प्रेशनका उपाध्यक्ष किरण माली, र महासचिव सुरज अधिकारी आगामी मंसिर २७–२९ गते काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि चयन भएका हुन ।

गोदावरीमा जारी नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा इम्प्रेशन

गोदावरीमा जारी नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा नेपाल ट्रेड यूनियन महासंघ – जिफन्ट आवद्ध संगठन इम्प्रेशन नेपालले आफ्नो दरिलो उपस्थिति जनाएको छ।

महाधिवेशनको पहिलो दिनदेखि नै सक्रिय भई, प्रतिनिधिहरूलाई सूचना र प्रविधिजन्य सहयोग उपलब्ध गराउँदै आएको यस संगठनले पार्टीभित्रको प्रेस तथा सूचना क्षेत्रलाई सुदृढ बनाउन निरन्तर योगदान दिँदै आएको छ। नेकपा (एमाले)को आठौँ महाधिवेशनदेखि प्रेससम्बन्धी जिम्मेवारी सम्हाल्दै आएको इम्प्रेशन नेपालले नवौँ महाधिवेशन पश्चात अझ आधुनिक प्रविधि प्रयोग गरेर सूचना व्यवस्थापन र प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

यस पटकको विधान महाधिवेशनमा त संगठनले सूचना तथा प्रविधि डेस्क नै स्थापना गरी सहभागी प्रतिनिधिहरूलाई सहज र छिटो सूचना प्रवाह, आवश्यक सहजीकरण तथा प्रविधिजन्य सहयोग पुर्याइरहेको छ। साथमा एमाले को एप र साइबर सुरक्षा को जानकारीमुलक भिड़ियो बनाई प्रदर्शन समेत गरीएको इम्प्रेशनले जनाएको छ l

इम्प्रेशनका महासचिव सुरज अधिकारीका अनुसार, “हाम्रो उद्देश्य महाधिवेशनमा उपस्थित प्रत्येक प्रतिनिधिलाई अद्यावधिक जानकारी उपलब्ध गराउने मात्र होइन, संगठनको प्रविधिप्रति उत्तरदायी र आधुनिक भूमिका प्रमाणित गर्ने पनि हो। यसअघि पनि हामीले विभिन्न महाधिवेशनहरूमा सक्रिय सहभागिता जनाएका थियौँ, तर यस पटक प्रविधियुक्त कार्यशैलीले हाम्रो उपस्थितिलाई अझ प्रभावकारी बनाएको छ।”

उनले थपे, “इम्प्रेशन नेपालले विगतदेखि नै प्रेस तथा प्रचारसम्बन्धी कामलाई प्राथमिकताका साथ अगाडि बढाउँदै आएको छ। आजको युगमा प्रविधि प्रयोग नगरी सूचना तथा सञ्चार प्रभावकारी बनाउन सकिन्न। त्यसैले हामीले प्रविधिलाई अंगालेका छौँ र यसैलाई आधार बनाएर आगामी दिनमा अझ प्रभावकारी योगदान दिने छौँ।”
इम्प्रेशन नेपालको यस्तो सक्रियताले एमालेको विधान महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन उल्लेख्य सहयोग पुगेको आयोजकले जनाएका छन्।

एमालेको दोस्रो विधान महाधिवेशनमा इम्प्रेशन नेपालको उपस्थिति

आइसिटी मिडिया तथा प्रेस प्रोफ़ेशनल्स यूनियनको काठमाडौं उपत्यका भेला संपन्न

काठमाडौँ भदौ २९,

आइसिटी मिडिया तथा प्रेस प्रोफ़ेशनल्स यूनियनको काठमाडौं उपत्यका भेला संपन्न भयो l भेलाले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला तदर्थ कमिटीहरु निर्माण गरेको छ l नया बनेका कमिटीहरुले जिल्ला भेला हरु गरि कमिटीलाई पूर्णता दिने म्यान्डेट पाएको छ l

बागमती प्रदेश इन्चार्ज तथा इम्प्रेशन केन्द्रिय सदस्य राजु दाहालको सभापतित्वमा सम्पन्न भएको युक्त भेलामा इम्प्रेशन नेपालका केन्द्रिय अध्यक्ष कमरेड बालगोपाल थापा लगायत केन्द्रिय पदाधिकारी र काठमाडौँ मा उपलब्ध केन्द्रिय नेताहरुको उपस्थिति थियो l

काठमाण्डौ जिल्ला कमिटि

१. फणिराज गुरागाई – अध्यक्ष
२. हरिराम नेपाल – उपाध्यक्ष
३. राम प्रसाद अधिकारी – सचिव
सदस्यहरु
४. पुस्पा कार्की
५. गणेश अधिकारी
६. लाल बहादुर लिम्बु
७. बिजया श्रेष्ठ
८. कोपिला कडेल
९. राम सुबेदी
१०. सुदाम सुबेदी

ललितपुर जिल्ला कमिटि

१. रमेश कार्की – अध्यक्ष
२. रोज बहाुर गौतम – उपाध्यक्ष
३. किशोर न्यौपाने – सचिव
सदस्यहरु
४. नुमा व्यन्जनकार
५. रमेश खत्री

भक्तपुर जिल्ला कमिटि

१. रमोहन श्रेष्ठ – अध्यक्ष
२. बिबेक श्रेष्ठ – उपाध्यक्ष
३. दामोदर धिमिरे – सचिव
सदस्यहरु
४. रामसुन्दर सिन्केमुनी
५. राजेन्द्र थापामगर

राम्रो गर्न प्रयास गर्ने- मुख्य सल्लाहकार बिष्णु रिमाल

भाद्र १०, काठमाडौँ !

जिफन्ट आबद्ध घटक युनियन आइसीटी मिडिया तथा प्रेस प्रोफेसनस युनियन, इम्प्रेशन नेपाल केन्द्रिय पदाधिकारी र सल्लाहकारहरु समेतको टोलि लाइ संबोधन गर्दै सम्माननीय प्रधानमंत्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार बिष्णु रिमालले आफ्नो बल बुताले, क्षमताले भ्याएसम्म राम्रो गर्न प्रयास गर्ने बताउनु भएको छ l

“तपाईं इम्प्रेशन संग सम्बन्धित श्रम, संचार र प्रबिधि क्षेत्र आजको सन्दर्भमा निकैनै सम्बेन्दंशील छन् l यी बिषयहरु जनता र राज्य संचालनमा हरेक पल जोडिनछन, त्यसैले कुनै पनि सरकारको सफलता र असफलता यी क्षेत्रहरुमा सरकार र राज्य संचालनका सबै अंगहरुले देखाउने दक्षता (पर्फर्मेन्स) मा निर्भर गर्दछ l इम्प्रेशनको यो बिज्ञ टोलीले गरेको भरोसा, विश्वास र माया प्रति म सधै आभारी छु र प्रयास गर्ने छु” उहाले भन्नुभयो l

यसअघि टोलीको तर्फबाट भेटको उद्धेश्यबारे संक्षिप्त मन्तब्य राख्दै इम्पेशन महासचिब सुरज अधिकारीले श्रम, संचार र प्रबिधि क्षेत्रका, नया र पुरानो दुवै पुस्ता बीच उतिकै भरोसायोग्य व्यक्तिलाइ प्राप्त मुख्य सल्लाहकारको जिम्मेवारीले हालको निराशाजनक अवस्थामा नया परिणाम निस्कने विश्वास रहेको र प्राप्त जिम्मेवारी र भूमिकाको लागि हार्दिक शुभकामना र बधाई दिनुभयो l

इम्प्रेशन नेपालका केन्द्रिय अध्यक्ष कमरेड बालगोपाल थापाको नेतृत्वमा उक्त भेटघाट /छलफल भएको थियो भने भेटमा प्रधानमन्त्रीका आइटी सल्लहाकार अस्गर अलि, प्रतिनिधि परिषद प्रमुख – पूर्व अध्यक्ष महेन्द्र लाल श्रेष्ठ, आइसीटी प्रोफेसनल्सका पूर्व संयोजक तथा आइसीटी बिज्ञ रोमकान्त पाण्डे, टेलिकम बिज्ञ डा शालिग्राम पराजुली लगायत आइसीटी क्षेत्रका बिज्ञ र इम्प्रेशन नेपालका केन्द्रिय पदाधिकारीहरुको उपस्थिति रहेको थियो l

इम्प्रेशन नेपालको दोश्रो केन्द्रिय कमिटि बैठक सम्पन्न

२०८० असार १६ गते – काठमाडौँ , आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालको केन्द्रिय कमिटिको दोश्रो बैठक काठमाडौँमा सम्पन्न भएको छ l बैठकमा नेपाल ट्रेड युनियन महासंघ, जिफन्ट अध्यक्ष कमरेड बिनोद श्रेष्ठ प्रमुख अतिथि, उपाध्यक्ष कमरेड सिता लामा तथा महासचिब लक्ष्मण शर्मा अतिथि रहनु भएको थियो l आफ्नो निकै ठुलो व्यस्तताको बाबजुद इम्प्रेशनको उक्त बैठकलाइ महत्व दिदै अध्यक्ष श्रेष्ठले इम्प्रेशनबाट आफुले ठुलो आशा गरेको र त्यसतर्फ कमिटिका सबैले भूमिका खेल्नको लागि आग्रह गर्नु भयो l
काठमाडौँको अनामनगर स्थित जिफन्ट स्कुलको नब निर्मित आधुनिक एक्शन रुपमा पहिलो पटक इम्प्रेशनको यो बैठक बसेको हो l बैठकमा इम्प्रेशनले पहिलो पटक Text to Voice AI tool निर्मित आफ्नो गतिबिधि प्रस्तुत गरेको थियो l

बैठकले केन्द्रीय कमिटिका सबै पदाधिकारी र सदस्यहरुको जिम्मेवारी बाडफाड गर्नुका साथै १ हजार नया सदस्य थप गर्ने, हरेक महिनाको २५ गते भित्र आफु र मातहतको कमिटीले गरेका गतिबिधिको रिपोर्टिंग अनिवार्य सचिवालयमा पेश गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु सहितको बार्षिक योजना र कार्यक्रमहरुको क्यालेन्डर पारित गरेको छ l #impressionnepal #gefont

इम्प्रेशन प्रथम

नेपाल कम्युनिस्ट पार्टी एमाले, मजदुर विशेष जिल्ला कमिटीद्वारा काठमाडौँ मा आयोजित हाजिरी जवाफ प्रतियोगिताको आज सम्पन्न अन्तिम राउण्ड मा आइसीटी, मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपाल प्रथम भएको छ l इम्प्रेशन नेपालको टोलीमा सहभागी केन्द्रिय कमिटि सदस्य कमरेड राजु दाहाल, सबिता बस्नेत र लक्ष्मी थापा मगर लाइ धेरै बधाई l
#impressionnepal #gefont

कान्तिपुर कर्मचारी यूनियन सदस्यहरुको भेला तथा प्रशिक्षण

इम्प्रेशन नेपालको आयोजनामा कान्तिपुर पब्लिकेशन कर्मचारी यूनियन सदस्यहरुको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो l
श्रम सम्बन्धी ऐन कानुनहरु, सामाजिक सुरक्षा कोषले गरेका व्यवस्था लगायतका बिषयमा जिफन्ट प्रचार प्रसार सचिब महेन्द्र श्रेष्ठ र अधिबक्ता भक्ति घिमिरेले युनियन सदस्यहरुको जिज्ञासामा प्रकाश पार्नु भएको थियो l

मे दिवसको शुभकामना – Happy May Day

राज्य संचालकहरु बिचौलिया जस्ता देखिएका छन् l तिनको राजले देश कता जादैछ देखिरहनु भएको छ l बिधि (सिस्टम) बसाली देश र जनताको मुहार फेर्ने हो भने अब चलीखाने होइन गरिखानेहरु निर्णायक बन्नु पर्छ l

The rule of the middlemen is seeing where the country is going. If the system is to change the face of the country and the people, then the people who are doing it should become decisive.
#LetsOrganize #LetsEducate #letsagitate #mayday2023