कान्तिपुरमा ७ बुँदे माग राखी कामदार तथा कर्मचारीहरू आन्दोलनमा

मिति २०८० असार २८ गते कान्तिपुर पब्लिकेसन्समा कान्तिपुर संयुक्त संघर्ष समितिले एक कार्यक्रमको आयोजना गर्‍यो । इम्प्रेशन नेपालसहित चारवटा युनियनमा आवद्ध कामदार तथा कर्मचारीहरूको उक्त संयुक्त संघर्ष समितिले कान्तिपुर पब्लिकेसन्सको व्यवस्थापकसमक्ष विभिन्न ७ बुँदे माग राखी आन्दोलन गरेको थियो । उक्त कार्यक्रममा इम्प्रेशन नेपालका अध्यक्ष बालगोपाल थापाले श्रमजीवी पत्रकार ऐनअनुसार यहाँ काम गर्ने सम्पूर्ण कामदार तथा कर्मचारीले आफूले पाउने हक, अधिकार एवं सुविधा पाउनु पर्ने बताउनु भयो । यदि कानुन अनुसार पाउनु पर्ने अधिकार तथा सुविधा नपाए कानुन अनुसार गर्न गराउन व्यवस्थापकपक्षलाई घुँडा टेकाउन वाध्य बनाउन हामी सक्षम छौँ र यसमा इम्प्रेशन नेपालको पूर्ण साथ र सहयोग हुने प्रतिवद्धता समेत जाहेर गर्नुभयो ।

कान्तिपुर संघर्ष समितिले राखेका ७ बुँदे मागहरूमा – श्रमजीवी पत्रकार ऐन तथा सम्मानित सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ लागू गरियोस्, राजिनामा दिँदा श्रमजीवी पत्रकार ऐन बमोजिम उपदानको व्यवस्था गरियोस्, कर्मचारी कटौती गर्दा श्रमजीवी पत्रकार ऐन तथा विनियमावली बमोजिम क्षतिपूर्ति सहित उपदानको व्यवस्था गरियोस्, घर बिदा र विरामी बिदा पालना गरियोस्, कल्याणकारी कोषको व्यवस्था गरियोस्, सेवा सुरू गरेदेखि नै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरियोस् आदि छन् ।

इम्प्रेशन नेपालको दोश्रो केन्द्रिय कमिटि बैठक सम्पन्न

२०८० असार १६ गते – काठमाडौँ , आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालको केन्द्रिय कमिटिको दोश्रो बैठक काठमाडौँमा सम्पन्न भएको छ l बैठकमा नेपाल ट्रेड युनियन महासंघ, जिफन्ट अध्यक्ष कमरेड बिनोद श्रेष्ठ प्रमुख अतिथि, उपाध्यक्ष कमरेड सिता लामा तथा महासचिब लक्ष्मण शर्मा अतिथि रहनु भएको थियो l आफ्नो निकै ठुलो व्यस्तताको बाबजुद इम्प्रेशनको उक्त बैठकलाइ महत्व दिदै अध्यक्ष श्रेष्ठले इम्प्रेशनबाट आफुले ठुलो आशा गरेको र त्यसतर्फ कमिटिका सबैले भूमिका खेल्नको लागि आग्रह गर्नु भयो l
काठमाडौँको अनामनगर स्थित जिफन्ट स्कुलको नब निर्मित आधुनिक एक्शन रुपमा पहिलो पटक इम्प्रेशनको यो बैठक बसेको हो l बैठकमा इम्प्रेशनले पहिलो पटक Text to Voice AI tool निर्मित आफ्नो गतिबिधि प्रस्तुत गरेको थियो l

बैठकले केन्द्रीय कमिटिका सबै पदाधिकारी र सदस्यहरुको जिम्मेवारी बाडफाड गर्नुका साथै १ हजार नया सदस्य थप गर्ने, हरेक महिनाको २५ गते भित्र आफु र मातहतको कमिटीले गरेका गतिबिधिको रिपोर्टिंग अनिवार्य सचिवालयमा पेश गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु सहितको बार्षिक योजना र कार्यक्रमहरुको क्यालेन्डर पारित गरेको छ l #impressionnepal #gefont

इम्प्रेशन प्रथम

नेपाल कम्युनिस्ट पार्टी एमाले, मजदुर विशेष जिल्ला कमिटीद्वारा काठमाडौँ मा आयोजित हाजिरी जवाफ प्रतियोगिताको आज सम्पन्न अन्तिम राउण्ड मा आइसीटी, मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपाल प्रथम भएको छ l इम्प्रेशन नेपालको टोलीमा सहभागी केन्द्रिय कमिटि सदस्य कमरेड राजु दाहाल, सबिता बस्नेत र लक्ष्मी थापा मगर लाइ धेरै बधाई l
#impressionnepal #gefont

कान्तिपुर कर्मचारी यूनियन सदस्यहरुको भेला तथा प्रशिक्षण

इम्प्रेशन नेपालको आयोजनामा कान्तिपुर पब्लिकेशन कर्मचारी यूनियन सदस्यहरुको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो l
श्रम सम्बन्धी ऐन कानुनहरु, सामाजिक सुरक्षा कोषले गरेका व्यवस्था लगायतका बिषयमा जिफन्ट प्रचार प्रसार सचिब महेन्द्र श्रेष्ठ र अधिबक्ता भक्ति घिमिरेले युनियन सदस्यहरुको जिज्ञासामा प्रकाश पार्नु भएको थियो l

मे दिवसको शुभकामना – Happy May Day

राज्य संचालकहरु बिचौलिया जस्ता देखिएका छन् l तिनको राजले देश कता जादैछ देखिरहनु भएको छ l बिधि (सिस्टम) बसाली देश र जनताको मुहार फेर्ने हो भने अब चलीखाने होइन गरिखानेहरु निर्णायक बन्नु पर्छ l

The rule of the middlemen is seeing where the country is going. If the system is to change the face of the country and the people, then the people who are doing it should become decisive.
#LetsOrganize #LetsEducate #letsagitate #mayday2023

इम्प्रेशन नेपालले आफ्नो ४४ औ स्थापना दिवस मनायो

माघ २५ , २०७९,

आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स नेपालको ४४ औ स्थापना दिवस आज जिफन्ट हेड क्वाटर पुतलीसडकमा आयोजित एक कार्यक्रमका बीच मनाइयो l बिगत स्मरण गर्ने, गरेका कामहरु बाट नया साथीहरुले प्रेरणा लिने सिक्ने अनि भोलिको लागि योजना बनाउने l स्थापना दिवस कार्यक्रमको उद्धेश्य यहि थियो l

२०३६ साल फाल्गुन महिनाको २५ गते आजकै दिन तत्कालिन छापाखाना तथा प्रेस क्षेत्रका मजदुरहरुले भोग्नु परेका समस्या समाधान गर्दै उनीहरुको हकहित तथा अधिकारको सुरक्षा खातिर नेपाल स्वतन्त्र प्रेस मजदुर युनियनको स्थापना भएको थियो l

कार्यक्रमलाई जिफन्ट अध्यक्ष कमरेड बिनोद श्रेष्ठले भिडियो मार्फत शुभकामना संदेश दिदै श्रमजीबी बर्गकालाइ उचित आम्दानी , कामको निरन्तरता भविष्यको लागि बचत सुनिस्चित गर्ने, महासंघ र यसका सदस्यहरु सबैको कायाकल्प गर्ने अभियानमा महासंघ होमिएको बताउनु भयो l

यस्तै योगदानमा आधारित सामाजिक सुरक्षामा संगठित क्षेत्रमा रहेकाहरु मात्र हैन, असंगठित क्षेत्र, स्वरोजगार र रोजगारीको लागि बिदेशिएका श्रमिकहरुलाई समेत समेटी टार्गेट टु मिलियन अर्थात् अर्को चार वर्ष भित्र कम्तिमा बिस लाख योगदान कर्ता सुचिकृत गर्ने अभियानमा समेत महासंघ लागेको र यसका लागि सामुहिक प्रयास, मिलन र सहकार्य चाहिएको बताउनुभयो l

यी दुवै अभियानमा जोडिन र त्यसतर्फ भूमिका खेल्दै डिजिटल युगका अवसर र चुनौती सामना गरि श्रमजीबी बर्गको सम्मानित, समृद्ध र सिर्जनशील जीबन बनाउने महासंघको अभियानलाइ सफल बनाउन इम्प्रेसन नेपालको आगामी यात्रा डिजिटल बाटोबाट सफल हुनेछ भन्ने शुभकामना भिडियो मार्फत थियो l

कार्यक्रमका प्रमुख अथिति जिफन्ट उपाध्यक्ष कमरेड जितेन्द्र श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गर्दै आइसीटी, मिडिया र प्रेस क्षेत्रका बिध्यमान चुनौतिहरुको सामना गर्न समय अनुसार आफुलाइ परिस्कृत गर्दै लानु पर्ने र त्यसका लागि इम्प्रेशन सफल हुने विश्वास ब्यक्त गर्नु भयो l

कार्यक्रममा संस्थापक अध्यक्ष कविन्द्र शेखर रिमाल जिफन्ट रास्ट्रिय कमिटि पधाधिकारीहरु, घटक युनियनका नेताहरु लगायत इम्प्रेशन नेपालका केन्द्रीय पधाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो l

कार्यक्रम इम्प्रेशन नेपालका अध्यक्ष कमरेड बाल गोपाल थापाको अध्यक्षतामा सम्पन्न भएको थियो l

इम्प्रेशनको स्थापना दिवस काठमाडौँ सहित बाहिरका चितवन, बाँके, सुर्खेत, कास्की र अर्ची प्रेस भक्तपुरमा पनि भिभिन्न कार्यक्रमहरु गरि मनाइएको छ l

शबी सेरचनको अध्यक्षतामा इम्प्रेशन नेपालको महिला कमिटी गठन

काठमाडौँ, मंसिर २४, आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियनको आज काठमाडौँ मा आयोजित एक भेला मार्फत केन्द्रीय महिला कमिटि बनेको छ l भेला ले शबि शेरचन को अध्यक्षतामा सात सदस्यीय महिला कमिटि चयन गरेको छ l

जिफन्ट उपाध्यक्ष तथा जिफन्ट राष्ट्रिय महिला कमिटि अध्यक्ष क. सिता लामा प्रमुख अथिति, जिफन्ट उपमहासचिब तथा महिला कमिटि उपाध्यक्ष कमला तामांग , प्रचार र प्रकाशन सचिब महेन्द्र लाल श्रेष्ठ र जिफन्ट युवा कमिटि अध्यक्ष क. बिकी श्रेष्ठ अथितिको रुपमा आमन्त्रित रहनु भएको थियो l

इम्प्रेशन नेपालका केन्द्रीय अध्यक्ष बालगोपाल थापा, उपाध्यक्षहरु रामकृष्ण बन्जारा, कृपा कार्की, महासचिब सुरज अधिकारी लगायत केन्द्रीय नेताहरुको उपस्थितिमा सम्पन्न भेलाले चयन गरेको महिला कमिटिको नाम यस प्रकार छ l

अध्यक्ष: शबि शेरचन
उपाध्यष: गिता पुर्कुटी
सचिव: लक्षमी जिसी
सदस्यमा
मिरा रंजितकार
रूचि शर्मा
लक्षमी थापामगर
उषा दुलाल

सुजन महर्जन इम्प्रेशन नेपालको युवा कमिटि अध्यक्ष

काठमाडौँ, मंसिर २४, आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालले आज काठमाडौँ मा युवा भेला सम्पन्न गरेको छ । उक्त भेलाले क.सुजन महर्जनको अध्यक्षतामा ९ सदस्यीय युवा कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।

जिफन्ट उपाध्यक्ष तथा जिफन्ट राष्ट्रिय महिला कमिटि अध्यक्ष क. सिता लामा प्रमुख अथिति, जिफन्ट उपमहासचिब तथा महिला कमिटि उपाध्यक्ष कमला तामांग , प्रचार र प्रकाशन सचिब महेन्द्र लाल श्रेष्ठ र जिफन्ट युवा कमिटि अध्यक्ष क. बिकी श्रेष्ठ अथितिको रुपमा आमन्त्रित रहनु भएको थियो l

नव निर्बाचित कमिटि यस प्रकार छ l
अध्यक्ष : सुजन महर्जन
उपाध्यक्ष : अनिल बास्तोला
सचिब : बिकाश पाठक
सदस्यहरु
विशाल पाठक
सबिता बस्नेत
मालती कुवर
अनिल खड्का
मुनिराज राजबंशी
रितिका रिजाल

नेतृत्व अभिमुखीकरण तथा क्षमता अभिबृद्धि बिषयक कार्यशाला सम्पन्न

काठमाडौँ, मंसिर २४,  आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालको आयोजनामा नेतृत्व अभिमुखीकरण तथा क्षमता अभिबृद्धि बिषयक दुइदिने कार्यशाला काठमाडौँ मा सम्पन्न भएको छ l

बदलिदो समय, प्रबिधि प्रयोगमा आएको बढोत्तरीको परिवेशमा हाम्रो सामु थपिएका चुनौतीहरुको सामना गर्न र अबसरमा बदल्न सक्ने सामाजिक नेताहरुको आवश्यकता थपिएको छ l पुराना अनुभब र भोगाईबाट पाठ सिक्दै भोलिको सुनौलो भबिष्य निर्माण गर्न बर्तमानमा सिर्जनशील भएर कार्य गर्ने नेतृत्वको मूल काम हुन सक्छ अब l

हाल सूचना तथा संचार क्षेत्र बढीनै चलायमान छ l यसको बिकाश तिब्र र चमत्कारिक छ l छिन् छिन् को परिबर्तन स्वीकार गर्न, त्यो गतिमा दौडन हामीलाई निकै मुस्किल छ l तथापी चुनौतीहरुसंग मुकाबिला गर्न र अवसर समात्न समयको गतिमा आफुलाई एकाकार गर्नु भन्दा अर्को विकल्प छैन l

यसै सन्दर्भमा युनी ग्लोबल युनियनको सहकार्यमा इम्प्रेशन नेपालले दुइ दिने नेतृव अभिमुखीकरण र क्षमता अभिबृद्धि कार्यशाला आयोजना गरेको हो l

इम्प्रेशन नेपालका केन्द्रीय नेतृत्व, युवा र महिला समेतको सहभागितामा सम्पन्न उक्त कार्यशालामा बक्ताको रुपमा जिफन्ट केन्द्रीय उपमहासचिब, कमला तामांग र सचिब महेन्द्र लाल श्रेष्ठले नेतृत्व बिकाश सम्बन्धी मुख्य प्रशिक्षण दिनु भएको थियो भने महासचिब सुरज अधिकारीले इम्प्रेशन नेपालले लिएको लक्ष गरेका गतिबिधि र युनियनको भाबी योजना बारे प्रस्तुति दिनु भएको थियो l

डिजिटल संगठन बिषयक भर्चुअल कार्यशाला सम्पन्न

काठमाडौँ, मंसिर २०,  नेपालको आइसीटी, मिडिया र प्रेस क्षेत्रका प्रोफेसनल्सहरुलाई संगठित गरिरहेको नेतृत्वदायी युनियन, इम्प्रेसन नेपालको आयोजनामा मङ्सिर २० गते डिजिटल संगठन बिषयक भर्चुअल कार्यशाला आयोजना गरियो l

समयको बहाबसंगै यसमा आउने फेरबदलले आम मानिसले गर्ने गतिबिधि पनि फरक फरक समयमा फरक फरक ढंग बाट हुने गर्दछन l यो परिबर्तन जन्य स्वाभाविक प्रक्रिया हो यो बिगत देखि नै चलिरहेको छ l

हामी जस्ता संगठन अथवा भनौ श्रम संग सम्बन्धित श्रमिक हरुको आवाज उठाउने, संगठन बनाउने तरिकामा पनि समय समयमा फेर बादल आएको छ l यसका माध्यम हरु फेरिएका छन् l हिजोको पुरानो तरिकाले मात्र अब को संगठन नचल्ने भएको छ र आज उपलब्ध प्रबिधि र टुलहरु मार्फत संगठन गर्नु पर्ने अवस्था आइपरेको सन्दर्भमा यस क्षेत्रका बिषय बिज्ञ संग हाम्रा सदस्य साथीहरु संग छलफल र अन्तरक्रिया गर्ने उद्देश्य यो डिजिटल संगठन बिषयक भर्चुअल कार्यशालाको योजना गरिएको हो l

युनी ग्लोबल युनियनको सहयोगमा संचालित यो कार्यशालामा इम्प्रेशन नेपालका मुख्य तिन सेक्टर आइसीटी, मिडिया, प्रेस, ग्राफिकल, प्याकेजिंग संग सम्बन्धित सदस्यहरुको उपस्थिति रहेको थियो l भर्चुअल कार्यशालाको बिषय बक्ता इम्प्रेशन नेपालका शिक्षा सचिब कमरेड चन्द्र विलास भुर्तेल रहनु भएको थियो l