मे दिवसको शुभकामना – Happy May Day

राज्य संचालकहरु बिचौलिया जस्ता देखिएका छन् l तिनको राजले देश कता जादैछ देखिरहनु भएको छ l बिधि (सिस्टम) बसाली देश र जनताको मुहार फेर्ने हो भने अब चलीखाने होइन गरिखानेहरु निर्णायक बन्नु पर्छ l

The rule of the middlemen is seeing where the country is going. If the system is to change the face of the country and the people, then the people who are doing it should become decisive.
#LetsOrganize #LetsEducate #letsagitate #mayday2023

इम्प्रेशन नेपालले आफ्नो ४४ औ स्थापना दिवस मनायो

माघ २५ , २०७९,

आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स नेपालको ४४ औ स्थापना दिवस आज जिफन्ट हेड क्वाटर पुतलीसडकमा आयोजित एक कार्यक्रमका बीच मनाइयो l बिगत स्मरण गर्ने, गरेका कामहरु बाट नया साथीहरुले प्रेरणा लिने सिक्ने अनि भोलिको लागि योजना बनाउने l स्थापना दिवस कार्यक्रमको उद्धेश्य यहि थियो l

२०३६ साल फाल्गुन महिनाको २५ गते आजकै दिन तत्कालिन छापाखाना तथा प्रेस क्षेत्रका मजदुरहरुले भोग्नु परेका समस्या समाधान गर्दै उनीहरुको हकहित तथा अधिकारको सुरक्षा खातिर नेपाल स्वतन्त्र प्रेस मजदुर युनियनको स्थापना भएको थियो l

कार्यक्रमलाई जिफन्ट अध्यक्ष कमरेड बिनोद श्रेष्ठले भिडियो मार्फत शुभकामना संदेश दिदै श्रमजीबी बर्गकालाइ उचित आम्दानी , कामको निरन्तरता भविष्यको लागि बचत सुनिस्चित गर्ने, महासंघ र यसका सदस्यहरु सबैको कायाकल्प गर्ने अभियानमा महासंघ होमिएको बताउनु भयो l

यस्तै योगदानमा आधारित सामाजिक सुरक्षामा संगठित क्षेत्रमा रहेकाहरु मात्र हैन, असंगठित क्षेत्र, स्वरोजगार र रोजगारीको लागि बिदेशिएका श्रमिकहरुलाई समेत समेटी टार्गेट टु मिलियन अर्थात् अर्को चार वर्ष भित्र कम्तिमा बिस लाख योगदान कर्ता सुचिकृत गर्ने अभियानमा समेत महासंघ लागेको र यसका लागि सामुहिक प्रयास, मिलन र सहकार्य चाहिएको बताउनुभयो l

यी दुवै अभियानमा जोडिन र त्यसतर्फ भूमिका खेल्दै डिजिटल युगका अवसर र चुनौती सामना गरि श्रमजीबी बर्गको सम्मानित, समृद्ध र सिर्जनशील जीबन बनाउने महासंघको अभियानलाइ सफल बनाउन इम्प्रेसन नेपालको आगामी यात्रा डिजिटल बाटोबाट सफल हुनेछ भन्ने शुभकामना भिडियो मार्फत थियो l

कार्यक्रमका प्रमुख अथिति जिफन्ट उपाध्यक्ष कमरेड जितेन्द्र श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गर्दै आइसीटी, मिडिया र प्रेस क्षेत्रका बिध्यमान चुनौतिहरुको सामना गर्न समय अनुसार आफुलाइ परिस्कृत गर्दै लानु पर्ने र त्यसका लागि इम्प्रेशन सफल हुने विश्वास ब्यक्त गर्नु भयो l

कार्यक्रममा संस्थापक अध्यक्ष कविन्द्र शेखर रिमाल जिफन्ट रास्ट्रिय कमिटि पधाधिकारीहरु, घटक युनियनका नेताहरु लगायत इम्प्रेशन नेपालका केन्द्रीय पधाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो l

कार्यक्रम इम्प्रेशन नेपालका अध्यक्ष कमरेड बाल गोपाल थापाको अध्यक्षतामा सम्पन्न भएको थियो l

इम्प्रेशनको स्थापना दिवस काठमाडौँ सहित बाहिरका चितवन, बाँके, सुर्खेत, कास्की र अर्ची प्रेस भक्तपुरमा पनि भिभिन्न कार्यक्रमहरु गरि मनाइएको छ l

शबी सेरचनको अध्यक्षतामा इम्प्रेशन नेपालको महिला कमिटी गठन

काठमाडौँ, मंसिर २४, आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियनको आज काठमाडौँ मा आयोजित एक भेला मार्फत केन्द्रीय महिला कमिटि बनेको छ l भेला ले शबि शेरचन को अध्यक्षतामा सात सदस्यीय महिला कमिटि चयन गरेको छ l

जिफन्ट उपाध्यक्ष तथा जिफन्ट राष्ट्रिय महिला कमिटि अध्यक्ष क. सिता लामा प्रमुख अथिति, जिफन्ट उपमहासचिब तथा महिला कमिटि उपाध्यक्ष कमला तामांग , प्रचार र प्रकाशन सचिब महेन्द्र लाल श्रेष्ठ र जिफन्ट युवा कमिटि अध्यक्ष क. बिकी श्रेष्ठ अथितिको रुपमा आमन्त्रित रहनु भएको थियो l

इम्प्रेशन नेपालका केन्द्रीय अध्यक्ष बालगोपाल थापा, उपाध्यक्षहरु रामकृष्ण बन्जारा, कृपा कार्की, महासचिब सुरज अधिकारी लगायत केन्द्रीय नेताहरुको उपस्थितिमा सम्पन्न भेलाले चयन गरेको महिला कमिटिको नाम यस प्रकार छ l

अध्यक्ष: शबि शेरचन
उपाध्यष: गिता पुर्कुटी
सचिव: लक्षमी जिसी
सदस्यमा
मिरा रंजितकार
रूचि शर्मा
लक्षमी थापामगर
उषा दुलाल

सुजन महर्जन इम्प्रेशन नेपालको युवा कमिटि अध्यक्ष

काठमाडौँ, मंसिर २४, आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालले आज काठमाडौँ मा युवा भेला सम्पन्न गरेको छ । उक्त भेलाले क.सुजन महर्जनको अध्यक्षतामा ९ सदस्यीय युवा कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।

जिफन्ट उपाध्यक्ष तथा जिफन्ट राष्ट्रिय महिला कमिटि अध्यक्ष क. सिता लामा प्रमुख अथिति, जिफन्ट उपमहासचिब तथा महिला कमिटि उपाध्यक्ष कमला तामांग , प्रचार र प्रकाशन सचिब महेन्द्र लाल श्रेष्ठ र जिफन्ट युवा कमिटि अध्यक्ष क. बिकी श्रेष्ठ अथितिको रुपमा आमन्त्रित रहनु भएको थियो l

नव निर्बाचित कमिटि यस प्रकार छ l
अध्यक्ष : सुजन महर्जन
उपाध्यक्ष : अनिल बास्तोला
सचिब : बिकाश पाठक
सदस्यहरु
विशाल पाठक
सबिता बस्नेत
मालती कुवर
अनिल खड्का
मुनिराज राजबंशी
रितिका रिजाल

नेतृत्व अभिमुखीकरण तथा क्षमता अभिबृद्धि बिषयक कार्यशाला सम्पन्न

काठमाडौँ, मंसिर २४,  आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालको आयोजनामा नेतृत्व अभिमुखीकरण तथा क्षमता अभिबृद्धि बिषयक दुइदिने कार्यशाला काठमाडौँ मा सम्पन्न भएको छ l

बदलिदो समय, प्रबिधि प्रयोगमा आएको बढोत्तरीको परिवेशमा हाम्रो सामु थपिएका चुनौतीहरुको सामना गर्न र अबसरमा बदल्न सक्ने सामाजिक नेताहरुको आवश्यकता थपिएको छ l पुराना अनुभब र भोगाईबाट पाठ सिक्दै भोलिको सुनौलो भबिष्य निर्माण गर्न बर्तमानमा सिर्जनशील भएर कार्य गर्ने नेतृत्वको मूल काम हुन सक्छ अब l

हाल सूचना तथा संचार क्षेत्र बढीनै चलायमान छ l यसको बिकाश तिब्र र चमत्कारिक छ l छिन् छिन् को परिबर्तन स्वीकार गर्न, त्यो गतिमा दौडन हामीलाई निकै मुस्किल छ l तथापी चुनौतीहरुसंग मुकाबिला गर्न र अवसर समात्न समयको गतिमा आफुलाई एकाकार गर्नु भन्दा अर्को विकल्प छैन l

यसै सन्दर्भमा युनी ग्लोबल युनियनको सहकार्यमा इम्प्रेशन नेपालले दुइ दिने नेतृव अभिमुखीकरण र क्षमता अभिबृद्धि कार्यशाला आयोजना गरेको हो l

इम्प्रेशन नेपालका केन्द्रीय नेतृत्व, युवा र महिला समेतको सहभागितामा सम्पन्न उक्त कार्यशालामा बक्ताको रुपमा जिफन्ट केन्द्रीय उपमहासचिब, कमला तामांग र सचिब महेन्द्र लाल श्रेष्ठले नेतृत्व बिकाश सम्बन्धी मुख्य प्रशिक्षण दिनु भएको थियो भने महासचिब सुरज अधिकारीले इम्प्रेशन नेपालले लिएको लक्ष गरेका गतिबिधि र युनियनको भाबी योजना बारे प्रस्तुति दिनु भएको थियो l

डिजिटल संगठन बिषयक भर्चुअल कार्यशाला सम्पन्न

काठमाडौँ, मंसिर २०,  नेपालको आइसीटी, मिडिया र प्रेस क्षेत्रका प्रोफेसनल्सहरुलाई संगठित गरिरहेको नेतृत्वदायी युनियन, इम्प्रेसन नेपालको आयोजनामा मङ्सिर २० गते डिजिटल संगठन बिषयक भर्चुअल कार्यशाला आयोजना गरियो l

समयको बहाबसंगै यसमा आउने फेरबदलले आम मानिसले गर्ने गतिबिधि पनि फरक फरक समयमा फरक फरक ढंग बाट हुने गर्दछन l यो परिबर्तन जन्य स्वाभाविक प्रक्रिया हो यो बिगत देखि नै चलिरहेको छ l

हामी जस्ता संगठन अथवा भनौ श्रम संग सम्बन्धित श्रमिक हरुको आवाज उठाउने, संगठन बनाउने तरिकामा पनि समय समयमा फेर बादल आएको छ l यसका माध्यम हरु फेरिएका छन् l हिजोको पुरानो तरिकाले मात्र अब को संगठन नचल्ने भएको छ र आज उपलब्ध प्रबिधि र टुलहरु मार्फत संगठन गर्नु पर्ने अवस्था आइपरेको सन्दर्भमा यस क्षेत्रका बिषय बिज्ञ संग हाम्रा सदस्य साथीहरु संग छलफल र अन्तरक्रिया गर्ने उद्देश्य यो डिजिटल संगठन बिषयक भर्चुअल कार्यशालाको योजना गरिएको हो l

युनी ग्लोबल युनियनको सहयोगमा संचालित यो कार्यशालामा इम्प्रेशन नेपालका मुख्य तिन सेक्टर आइसीटी, मिडिया, प्रेस, ग्राफिकल, प्याकेजिंग संग सम्बन्धित सदस्यहरुको उपस्थिति रहेको थियो l भर्चुअल कार्यशालाको बिषय बक्ता इम्प्रेशन नेपालका शिक्षा सचिब कमरेड चन्द्र विलास भुर्तेल रहनु भएको थियो l

योगदानमा आधारित सामाजिक सुरक्षा बिषयक भर्चुअल कार्यशाला

काठमाडौँ, मंसिर १८, आइसीटी, मिडिया र प्रेस प्रोफेसनल्स युनियन नेपाल, इम्प्रेसन नेपालको आयोजनामा मङ्सिर १८ गते योगदानमा आधारित सामाजिक सुरक्षा बिषयक भर्चुअल कार्यशाला सम्पन्न भयो l

नेपाल ट्रेड युनियन महासंघ जिफन्टको दुइ दशक लामो संघर्ष तथा श्रम क्षेत्रसंग सम्बन्धित अन्य सरोकारवालाहरुको अथक प्रयास पछि सरकारले २०७५ साल मङ्सिर ११ गतेबाट योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरुको औपचारिक सुभारम्भ गरेको थियो l काम काजी जिबनमा कमाएको केहि रकम योगदान गर्ने अनि आफु काम गर्न असमर्थ हुन सक्ने परिस्थिति वा बृद्ध अवस्थामा आइपर्ने स्वास्थ्य उपचार लगायत दायित्वहरु बहन गर्न सजिलो होस् भन्ने यो योजनाको उद्धेश्य रहेको छ l

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरुको औपचारिक सुरुवात भएको केहि वर्ष बिते पनि यस संग सम्बन्धित संचालनका विभिन्न कानुनी ब्यबस्थाहरु, योजनाले योगदान कर्ताहरुका लागि गरेका व्यवस्थाहरु, योजनामा सरिक हुदा हुने फाइदा साथै यसमा संलग्न हुने बिधि प्रक्रियाहरुका कैयन पक्षहरुमा छलफल गरि हाम्रा सदस्यहरुलाई बुझ्ने र बुझाउने उद्धेश्यले यो कार्यशालाको आयोजना गरिएको हो l
युनी ग्लोबल युनियनको सहयोगमा संचालित यो कार्यशालामा इम्प्रेशन नेपालका मुख्य तिन सेक्टर आइसीटी, मिडिया, प्रेस, ग्राफिकल, प्याकेजिंग संग सम्बन्धित सदस्यहरुको उपस्थिति रहेको थियो l भर्चुअल कार्यशालाको बिषय बक्ता नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रचार तथा प्रकाशन सचिब कमरेड महेन्द्र लाल श्रेष्ठ रहनु भएको थियो l

जिफन्टमा बिनोद श्रेष्ठको नेतृत्वमा ५७ सदस्यीय नयाँ नेतृत्व चयन

नेकपा एमाले निकट मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशन ५७ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेर सुरु भएको महाधिवेशन सोमबार राति विनोद श्रेष्ठलाई अध्यक्षमा पुन चयन गर्दै सम्पन्न भएको हो । महाधिवेशनले उपाध्यक्षमा रमेश बडाल, विदुर कार्की, जितेन्द्र बहादुर श्रेष्ठ, जनक चौधरी, मञ्जु थापा, सीता लामा र कमल गौतम चयन भएका छन् ।

त्यसैगरी महासचिव लक्ष्मण शर्मा र उपमहासचिवमा नरनाथ लुइँटेल र कमला तामाङ चयन भएका छन् । ५ जना सचिवमा क्रमश कृष्ण केसी, बेलीमाया घले, स्मृति लामा, महेन्द्रलाल श्रेष्ठ, र तारानिधी पन्त रहेका छन् । ४१ जना केन्द्रीय कार्यसमिति सदस्य चयन भएका छन् ।

जिफन्टको ५१ सदस्यीय कार्यसमितिको विधान परिवर्तन गर्दै ५७ सदस्यीय बनाएको छ । जसमा ८ उपाध्यक्षबाट १ घटाएर सात र ५ जना सदस्य थपेको हो ।

इम्प्रेशन नेपालको नवौ रास्ट्रीय अधिबेशन भक्तपुरमा सम्पन्न

आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपाल को नवौ राष्ट्रिय अधिबेशन चैत्र ५ मा भक्तपुरको रोयल थाई हस्पिटालिटीमा सम्पन्न भएको छ l अधिबेशनले कमरेड बालगोपाल थापाको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन गरेको छ l अधिबेशनमा बिशेष अथितिको रुपमा नेकपा एमालेका उपमहासचिब कमरेड बिष्णु रिमाल र प्रमुख अथिति जिफन्ट अध्यक्ष कमरेड बिष्णु रिमाल हुनुहुन्थ्यो l

अध्यक्ष: बालगोपाल थापा
उपाध्यक्ष: ओम बहादुर खड्का
उपाध्यक्ष: राम कृष्ण बन्जारा
उपाध्यक्ष: कृपा कार्की
उपाध्यक्ष: किरण माली

महासचिव: सुरज अधिकारी
उप महासचिव: सुमन गौतम

आर्थिक सचिव: इश्वरी प्रसाद शर्मा
शिक्षा सचिव: चन्द्र विलास भुर्तेल
श्रम र सामाजिक सुरक्षा सचिव: दुर्गा प्रसाद पौडेल

सदस्यहरुमा ढक प्रसाद खतिवडा, जनक लम्साल, रमा सुवेदी, तेज प्रसाद धमला, निम बहादुर बुढा, सुमन खनाल, , जेनिशा श्रेष्ठ, नारायण जिसी, चन्द्रा थापा, राजु दाहाल, नानी बाबु अधिकारी, ऋषिमणी पराजुली, मात्रिका पोखरेल, तुलसीराम पाण्डे, विक्रम श्रेष्ठ छानिएका छन् l

युनियनको राष्ट्रिय अधिबेशन प्रतिनिधि परिषद प्रमुख स्वत निबर्तमान अध्यक्ष हुने व्यवस्था बमोजिम कमरेड महेन्द्रलाल श्रेष्ठ र उप प्रमुखमा बिष्णु कुँवर छानिएका छन् l

यसैगरी अधिबेशनले रोमकांत पाण्डे प्रमुख रहनु भएको पाच सदस्यीय सल्लाहकार परिषद पनि गठन गरेको छ l जसमा क. अस्गर अलि , शालिग्राम पराजुली, परशु खनाल र गुणनिधि पाण्डे रहेका छन् l

 

काठमाडौँमा डिजिटल अर्गनाइजिंग कार्यशाला सम्पन्न

मंसिर २५ गते, काठमाडौ

आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालले काठमाडौमा डिजिटल अर्गनाइजिंग कार्यशालाको आयोजना गरेको छ l नया जमानामा  प्रबिधिको प्रयोग गर्दै  आफ्नो पेशागत हक अधिकार प्राप्त गर्न कसरि संगठित हुन सकिन्छ, भन्ने बारेमा  इम्प्रेशन सदस्यहरुलाई कार्यशालामा प्रशिक्षण दिईएको थियो ।

जिफन्ट उपाध्यक्ष क. जितेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता तथा इम्प्रेशन अध्यक्ष क. महेन्द्रलाल श्रेष्ठको सभापतित्वमा कार्यशाला सम्पन्न भएको थियो भने मुख्य प्रशिक्षक को रुपमा प्रतिनिधी परिषद् प्रमुख रोमकान्त पाण्डे हुनुहुन्थ्यो l

प्रमुख अथिति श्रेष्ठले आजको डिजिटल युगमा परम्परागत तौ तरिकाबाट मात्र संगठित हुने र आफ्ना अधिकार प्राप्त गर्न नसकिने भएकोले अब इम्प्रेशन मात्र नभइ सबै घटक यूनियन हरुलाई डिजिटाइज गर्न प्रेरित गर्ने महासंघको लक्ष्य भएको बताउनुभयो l

कार्यशालामा महिला पुरुष गरि ६० जनाको सहभागिता रहेको थियो भने कार्यशालाको लागि युनि ग्लोबल युनियनले आर्थिक सहयोग गरेको हो l