डिजिटल संगठन बिषयक भर्चुअल कार्यशाला सम्पन्न

काठमाडौँ, मंसिर २०,  नेपालको आइसीटी, मिडिया र प्रेस क्षेत्रका प्रोफेसनल्सहरुलाई संगठित गरिरहेको नेतृत्वदायी युनियन, इम्प्रेसन नेपालको आयोजनामा मङ्सिर २० गते डिजिटल संगठन बिषयक भर्चुअल कार्यशाला आयोजना गरियो l

समयको बहाबसंगै यसमा आउने फेरबदलले आम मानिसले गर्ने गतिबिधि पनि फरक फरक समयमा फरक फरक ढंग बाट हुने गर्दछन l यो परिबर्तन जन्य स्वाभाविक प्रक्रिया हो यो बिगत देखि नै चलिरहेको छ l

हामी जस्ता संगठन अथवा भनौ श्रम संग सम्बन्धित श्रमिक हरुको आवाज उठाउने, संगठन बनाउने तरिकामा पनि समय समयमा फेर बादल आएको छ l यसका माध्यम हरु फेरिएका छन् l हिजोको पुरानो तरिकाले मात्र अब को संगठन नचल्ने भएको छ र आज उपलब्ध प्रबिधि र टुलहरु मार्फत संगठन गर्नु पर्ने अवस्था आइपरेको सन्दर्भमा यस क्षेत्रका बिषय बिज्ञ संग हाम्रा सदस्य साथीहरु संग छलफल र अन्तरक्रिया गर्ने उद्देश्य यो डिजिटल संगठन बिषयक भर्चुअल कार्यशालाको योजना गरिएको हो l

युनी ग्लोबल युनियनको सहयोगमा संचालित यो कार्यशालामा इम्प्रेशन नेपालका मुख्य तिन सेक्टर आइसीटी, मिडिया, प्रेस, ग्राफिकल, प्याकेजिंग संग सम्बन्धित सदस्यहरुको उपस्थिति रहेको थियो l भर्चुअल कार्यशालाको बिषय बक्ता इम्प्रेशन नेपालका शिक्षा सचिब कमरेड चन्द्र विलास भुर्तेल रहनु भएको थियो l

योगदानमा आधारित सामाजिक सुरक्षा बिषयक भर्चुअल कार्यशाला

काठमाडौँ, मंसिर १८, आइसीटी, मिडिया र प्रेस प्रोफेसनल्स युनियन नेपाल, इम्प्रेसन नेपालको आयोजनामा मङ्सिर १८ गते योगदानमा आधारित सामाजिक सुरक्षा बिषयक भर्चुअल कार्यशाला सम्पन्न भयो l

नेपाल ट्रेड युनियन महासंघ जिफन्टको दुइ दशक लामो संघर्ष तथा श्रम क्षेत्रसंग सम्बन्धित अन्य सरोकारवालाहरुको अथक प्रयास पछि सरकारले २०७५ साल मङ्सिर ११ गतेबाट योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरुको औपचारिक सुभारम्भ गरेको थियो l काम काजी जिबनमा कमाएको केहि रकम योगदान गर्ने अनि आफु काम गर्न असमर्थ हुन सक्ने परिस्थिति वा बृद्ध अवस्थामा आइपर्ने स्वास्थ्य उपचार लगायत दायित्वहरु बहन गर्न सजिलो होस् भन्ने यो योजनाको उद्धेश्य रहेको छ l

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरुको औपचारिक सुरुवात भएको केहि वर्ष बिते पनि यस संग सम्बन्धित संचालनका विभिन्न कानुनी ब्यबस्थाहरु, योजनाले योगदान कर्ताहरुका लागि गरेका व्यवस्थाहरु, योजनामा सरिक हुदा हुने फाइदा साथै यसमा संलग्न हुने बिधि प्रक्रियाहरुका कैयन पक्षहरुमा छलफल गरि हाम्रा सदस्यहरुलाई बुझ्ने र बुझाउने उद्धेश्यले यो कार्यशालाको आयोजना गरिएको हो l
युनी ग्लोबल युनियनको सहयोगमा संचालित यो कार्यशालामा इम्प्रेशन नेपालका मुख्य तिन सेक्टर आइसीटी, मिडिया, प्रेस, ग्राफिकल, प्याकेजिंग संग सम्बन्धित सदस्यहरुको उपस्थिति रहेको थियो l भर्चुअल कार्यशालाको बिषय बक्ता नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रचार तथा प्रकाशन सचिब कमरेड महेन्द्र लाल श्रेष्ठ रहनु भएको थियो l

जिफन्टमा बिनोद श्रेष्ठको नेतृत्वमा ५७ सदस्यीय नयाँ नेतृत्व चयन

नेकपा एमाले निकट मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशन ५७ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेर सुरु भएको महाधिवेशन सोमबार राति विनोद श्रेष्ठलाई अध्यक्षमा पुन चयन गर्दै सम्पन्न भएको हो । महाधिवेशनले उपाध्यक्षमा रमेश बडाल, विदुर कार्की, जितेन्द्र बहादुर श्रेष्ठ, जनक चौधरी, मञ्जु थापा, सीता लामा र कमल गौतम चयन भएका छन् ।

त्यसैगरी महासचिव लक्ष्मण शर्मा र उपमहासचिवमा नरनाथ लुइँटेल र कमला तामाङ चयन भएका छन् । ५ जना सचिवमा क्रमश कृष्ण केसी, बेलीमाया घले, स्मृति लामा, महेन्द्रलाल श्रेष्ठ, र तारानिधी पन्त रहेका छन् । ४१ जना केन्द्रीय कार्यसमिति सदस्य चयन भएका छन् ।

जिफन्टको ५१ सदस्यीय कार्यसमितिको विधान परिवर्तन गर्दै ५७ सदस्यीय बनाएको छ । जसमा ८ उपाध्यक्षबाट १ घटाएर सात र ५ जना सदस्य थपेको हो ।

इम्प्रेशन नेपालको नवौ रास्ट्रीय अधिबेशन भक्तपुरमा सम्पन्न

आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपाल को नवौ राष्ट्रिय अधिबेशन चैत्र ५ मा भक्तपुरको रोयल थाई हस्पिटालिटीमा सम्पन्न भएको छ l अधिबेशनले कमरेड बालगोपाल थापाको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन गरेको छ l अधिबेशनमा बिशेष अथितिको रुपमा नेकपा एमालेका उपमहासचिब कमरेड बिष्णु रिमाल र प्रमुख अथिति जिफन्ट अध्यक्ष कमरेड बिष्णु रिमाल हुनुहुन्थ्यो l

अध्यक्ष: बालगोपाल थापा
उपाध्यक्ष: ओम बहादुर खड्का
उपाध्यक्ष: राम कृष्ण बन्जारा
उपाध्यक्ष: कृपा कार्की
उपाध्यक्ष: किरण माली

महासचिव: सुरज अधिकारी
उप महासचिव: सुमन गौतम

आर्थिक सचिव: इश्वरी प्रसाद शर्मा
शिक्षा सचिव: चन्द्र विलास भुर्तेल
श्रम र सामाजिक सुरक्षा सचिव: दुर्गा प्रसाद पौडेल

सदस्यहरुमा ढक प्रसाद खतिवडा, जनक लम्साल, रमा सुवेदी, तेज प्रसाद धमला, निम बहादुर बुढा, सुमन खनाल, , जेनिशा श्रेष्ठ, नारायण जिसी, चन्द्रा थापा, राजु दाहाल, नानी बाबु अधिकारी, ऋषिमणी पराजुली, मात्रिका पोखरेल, तुलसीराम पाण्डे, विक्रम श्रेष्ठ छानिएका छन् l

युनियनको राष्ट्रिय अधिबेशन प्रतिनिधि परिषद प्रमुख स्वत निबर्तमान अध्यक्ष हुने व्यवस्था बमोजिम कमरेड महेन्द्रलाल श्रेष्ठ र उप प्रमुखमा बिष्णु कुँवर छानिएका छन् l

यसैगरी अधिबेशनले रोमकांत पाण्डे प्रमुख रहनु भएको पाच सदस्यीय सल्लाहकार परिषद पनि गठन गरेको छ l जसमा क. अस्गर अलि , शालिग्राम पराजुली, परशु खनाल र गुणनिधि पाण्डे रहेका छन् l

 

काठमाडौँमा डिजिटल अर्गनाइजिंग कार्यशाला सम्पन्न

मंसिर २५ गतेकाठमाडौ

आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियनइम्प्रेशन नेपालले काठमाडौमा डिजिटल अर्गनाइजिंग कार्यशालाको आयोजना गरेको छ नया जमानामा  प्रबिधिको प्रयोग गर्दै  आफ्नो पेशागत हक अधिकार प्राप्त गर्न कसरि संगठित हुन सकिन्छभन्ने बारेमा  इम्प्रेशन सदस्यहरुलाई कार्यशालामा प्रशिक्षण दिईएको थियो ।

जिफन्ट उपाध्यक्ष क. जितेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता तथा इम्प्रेशन अध्यक्ष क. महेन्द्रलाल श्रेष्ठको सभापतित्वमा कार्यशाला सम्पन्न भएको थियो भने मुख्य प्रशिक्षक को रुपमा प्रतिनिधी परिषद् प्रमुख रोमकान्त पाण्डे हुनुहुन्थ्यो l

प्रमुख अथिति श्रेष्ठले आजको डिजिटल युगमा परम्परागत तौ तरिकाबाट मात्र संगठित हुने र आफ्ना अधिकार प्राप्त गर्न नसकिने भएकोले अब इम्प्रेशन मात्र नभइ सबै घटक यूनियन हरुलाई डिजिटाइज गर्न प्रेरित गर्ने महासंघको लक्ष्य भएको बताउनुभयो l

कार्यशालामा महिला पुरुष गरि ६० जनाको सहभागिता रहेको थियो भने कार्यशालाको लागि युनि ग्लोबल युनियनले आर्थिक सहयोग गरेको हो l 

ईम्प्रेशन नेपालको तेस्रो दाङ अधिवेशन सम्पन्न, अध्यक्षमा डाँगी

भाद्र ९, घोराही दाङ,  ईम्प्रेशन नेपालको तेस्रो दाङ अधिवेशन सम्पन्न भएको छ l तेस्रो जिल्ला अधिवेशनले विशाल डाँगीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा शैलेस अधिकारी, सचिवमा एकराज भण्डारी, सहसचिवमा मनिषा शर्मा र कोषाध्यक्षमा शोभा बस्नेत चयन हुनुभएको छ ।यसैगरी सदस्यहरुमा मिसन सुनार, कविराम पुनमगर, खुशी शर्मा र सुदीप चौधरी हुनुहुन्छ ।

कार्यक्रममा अतिथिको रुपमा ५ नम्वर प्रदेशसभा सदस्य अमरबहादुर डाँगी र इम्प्रेशन नेपालका केन्द्रीय अध्यक्ष महेन्द्रलाल श्रेष्ठको उपस्थिति रहेको थियो l

कार्यक्रममा इम्प्रेशन नेपालका पाँच नम्वर प्रदेश इन्चार्ज किरण गौतम, पत्रकार महासंघ दाङका कोषाध्यक्ष आरके शीतल, प्रेस चौतारी नेपाल दाङका अध्यक्ष जे.एन.सागर, नाटुका अध्यक्ष दिलबहादुर क्षेत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गगरेका थिए l

सोहि दिन बसेको कार्यसमितिको पहिलो बैठकले सल्लाहकारहरु चयन गरेको छ । सल्लाहकारहरुमा अनन्त आरसी, मोहनलाल चौधरी, हरिभक्त डाँगी, राजकुमार चौधरी र माधव कँडेल रहनुभएको छ ।

इम्प्रेशन नेपाल युनी एप्रो ग्राफिकल र प्याकेजिङ कार्य समिति सदस्यमा निर्बाचित

युनीएप्रो ग्राफिकल र प्याकेजिङको चौधौ सेप्टेम्बर 2021 मा सम्पन्न पाचौ क्षेत्रीय सम्मेलन सम्मेलन बाट इम्प्रेशन नेपाल चार बर्षको लागि कार्यसमिति सदस्यमा चयन भएको छ l नौ देशका सम्बद्ध युनियनहरुका चौतिस ३४ प्रतिनिधि, अतिथि र पर्यवेक्षकहरू साथै युनी र युनी एप्रो अधिकारी हरुको कार्याक्रममा उपस्थिति रहेको थियो l

युनीएप्रो ग्राफिकल र प्याकेजिङका अध्यक्ष लोरेन क्यासिनले कार्यक्रमको उद्घाटन गरिन्। उनीसँगै थिइन् क्रिस्टी होफम्यान, यूएनआई ग्लोबल युनियन महासचिव, निकोला कोन्स्टेन्टिनौ, यूएनआई जी एन्ड पी प्रमुख, र यूएनआई एप्रो क्षेत्रीय सचिव राजेन्द्र आचार्य।

महामारीको समयमा ग्राफिकल र प्याकेजिङ सदस्यहरुको महत्वपूर्ण भूमिका र योगदान रहेको र डिजिटल युगमा युनियनहरू सान्दर्भिक र अद्यावधिक रहनु पर्नेमा सबै को जोड रह्यो l 2021-2025 को लागि युनी एप्रो ग्राफिकल र प्याकेजिङ्गको कार्य योजनामा निम्न अनुसार प्राथमिकता ​​सूचीबद्ध गरियो l

१. सामुहिक मोलतोलका लागि शक्ति निर्माण गर्न यस क्षेत्रमा ग्राफिकल र प्याकेजिङ युनियनहरूलाई संगठित र सशक्त बनाउने

२. डिजिटलाइजेसन र कोभिड १९ महामारीका चुनौतीहरूमा नवीन प्रतिक्रियाहरू अपनाउने

३. यस क्षेत्रका ग्राफिकल र प्याकेजिङ सम्बद्ध सदस्य र संस्थाहरु बीच सूचना साझेदारी र रचनात्मक रणनीतिहरूको आदानप्रदानलाई निरन्तरता दिन नेटवर्किङ अवसरहरू प्रवर्द्धन गर्ने

“अगाडिको निर्माण: समावेशी, समतामूलक र दिगो भविष्यतर्फ,” क्षेत्रीय सचिव राजेन्द्रद्वारा प्रस्तुत रिकभरीमा मानव-केन्द्रित दृष्टिकोणद्वारा संचालित समावेशी, समतामूलक र दिगो भविष्यका लागि UNI Apro को एजेन्डा बिषयमा सम्मेलनमा आचार्यले मुख्य सम्बोधन गरेका थिए ।

 

इम्प्रेशन नेपालको कर्णाली प्रदेश स्तरीय प्रथम भेला सम्पन्न

भदौ ९ ,वीरेन्द्रनगर, आईसिटी,मिडिया तथा प्रेस प्रोफेसनल्स यूनियन, इम्प्रेशन नेपालको कर्णाली प्रदेश स्तरीय प्रथम भेला वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ l भेलाले निम बहादुर वुढाको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ ।

यसैगरी प्रदेश कमिटि उपाध्यक्षमा सत्येन्द्र दर्लामी, सचिवमा लक्ष्मी रोकाय, सहसचिव सविना राना (सुर्खेत) सदस्यहरु विनोदकुमार घर्ती (जाजरकोट), धर्मराज थापा, दिपेन्द्र सुनार (दैलख), गोविन्दराज पुरी (कालीकोट), गोपी चौधरी (रुकुम) र सूर्य बहादुर महत (जुम्ला) बाट रहेका छन् l भेलाले जिल्ला संयोजकहरु तोक्नुका साथै युवा र महिला प्रतिनिधि समेत छनौट गरेको छ ।

इम्प्रेसन नेपाल का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज कमरेड तेज प्रकाश जिसीको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा इम्प्रेसन नेपाल संस्था र यसका कार्यक्रमहरुका बारेमा इन्चार्ज जिसीले सहभागीहरुलाई प्रशिक्षित गराउनु भएको थियो भने सहभागिहरुले यूनियनको विधान, मर्म र नीति अनुरुप निरन्तर गतिविधि संचालनमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिवद्धता जनाएका थिए ।

जिफन्ट राष्ट्रिय कमिटी महिला सदस्य चन्द्रा धामीले भेलाको शुभकामना दिंदै युनियनको गतिविधि अब वैज्ञानिक, समसामयिक र व्यवहारिक हुनुपर्ने धारणा राख्नु भयो ।

साथै भेलाका अतिथि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश कमिटी अध्यक्ष दुर्गा थापाले श्रमिकको समस्याहरु नजिकबाट बुझ्ने मौका पाइरहेको तर समस्या समाधानका लागि यूनियनको जग बलियो हुनुपर्ने धारणा राख्दै श्रमिकको पेशालााई मर्यादित र सम्मानित बनाउन पत्रकार महासंघले कुनै कसर बाँकी नराख्ने बताउनु भयो । थापाले एउटालाई पर्दा सबै जाग्नुपर्छ तब मात्र यूनियनको मर्म झल्कने
कुरामा जोड दिनु भयो ।

नव निर्वाचित अध्यक्ष बुढाले इम्प्रेशन अब सुर्खेतमा मात्र सिमित रही प्रदेशका नौ जिल्लामा विस्तारित गर्दै यूनियनलाई बलियो बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । भेलामा सहभागीहरुलाई सुर्खेत जिल्ला इन्चार्ज अजय कुर्मीले स्वागत गर्नुभएको थियो भने भेला बलबहादुर सोतीको मगरको अध्यक्षतामा भएको थियो ।

कान्तिपुर पब्लिकेशन कर्मचारी युनियन गण्डकी प्रदेश कमिटि गठन

भदौ २ गते , कास्की पोखरा, आईसिटी,मिडिया तथा प्रेस प्रोफेसनल्स यूनियन, (इम्प्रेशन नेपाल) अन्तर्गत कान्तिपुर पब्लिकेशन कर्मचारी युनियन गण्डकी प्रदेश कमिटि,भुवन बरालको संयोजकत्वमा प्रदेश राजधानी पोखरामा गठन गरिएको छ l कमिटिका अन्य सदस्यहरुमा रमेश बराल, पशुपति पाण्डे, हरिकृष्ण अधिकारी, अमृत पौडेल, दिपेन्द्र भुर्तेल, सोम बहादुर नेपाली, दुर्गा दवाडी , तुल बहादुर लामा रहेका छन् l

भेलामा प्रमुख अतिथिको रुपमा इम्प्रेशन नेपालका केन्द्रीय अध्यक्ष क. महेन्द्र श्रेष्ठ, बिशेष अथितिको रुपमा जिफन्ट राष्ट्रिय उपाध्यक्ष तथा माननीय मिना गुरुङ, जिफन्ट प्रदेश ३ का अध्यक्ष रुद्र खत्री, इम्प्रेशन केन्द्रीय महासचिब क. सुरज अधिकारी , केन्द्रीय सदश्य द्वय ढक प्रसाद खतिवडा र इश्वरी प्रसाद शर्मा लगायत कान्तिपुर पब्लिकेशन कर्मचारी युनियनका पदाधिकारीहरु को उपस्थिति रहेको थियो

इम्प्रेशन नेपालको गण्डकी प्रदेश कमिटि गठन

भदौ २ गते, २०७५, कास्की, पोखरा, इम्प्रेशन नेपालको गण्डकी प्रदेश स्तरिय भेला भाद्र २ गते शनिबार पोखरामा सम्पन्न भयो | भेलाले केन्द्रीय सदस्य तथा चार नम्बर प्रदेश इन्चार्ज क. गुणनिधि पाण्डेको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ l

साथै भेलाले गण्डकी प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरुमा व्यापक रुपमा युनियनको सदस्यता विस्तार अभियान संचालन गर्ने निर्णय गर्दै उक्त प्रयोजनको लागि निम्न अनुसारका कमरेड हरुलाई संयोजकको जिम्मेवारी तोकेको छ l जस अनुसार

१. गुणनिधि पाण्डे : गण्डकी प्रदेश संयोजक
२. रोजी श्रेष्ठ : कास्की संयोजक
३. हरि प्रसाद कोइराला : स्याङ्जा संयोजक
४. शान्ति अधिकारी : तनहुँ संयोजक
५. कृष्ण लामिछाने : लम्जुंग संयोजक
६. गोपी तिमिल्सिना : पर्बत संयोजक
७. युबराज कंडेल : बाग्लुङ संयोजक
८. भिम रसाइली : मुस्तांग संयोजक

भेलामा प्रमुख अतिथिको रुपमा इम्प्रेशन नेपालका केन्द्रीय अध्यक्ष क. महेन्द्र श्रेष्ठ, बिशेष अथितिको रुपमा जिफन्ट राष्ट्रिय उपाध्यक्ष तथा माननीय मिना गुरुङ, जिफन्ट प्रदेश ३ का अध्यक्ष रुद्र खत्री, इम्प्रेशन केन्द्रीय महासचिब क. सुरज अधिकारी , केन्द्रीय सदश्य द्वय ढक प्रसाद खतिवडा र इश्वरी प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो l