काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आसन्न ११औँ ऐतिहासिक महाधिवेशनका लागि नेपाल ट्रेड युनियन महासंघ अन्तर्गतको घटक युनियन आईसीटी, मिडिया एण्ड प्रेस प्रोफेशनल्स युनियन – इम्प्रेशन महाधिवेशन सफल बनाउन सक्रिय सहभागी हुने निर्णय गरेको छ ।
जिफन्ट श्रम सम्बन्ध परिषद्का सचिव कमरेड कृष्णबहादुर केसीको उपस्थितिमा बसेको इम्प्रेशन केन्द्रीय कमिटिका उपलब्ध सदस्यहरूको बैठकले उक्त निर्णय गरेको हो ।
महाधिवेशनमा प्रभावकारी सहभागिताका लागि केन्द्रीय नेतृत्वले विभिन्न जिम्मेवारी तोकेको छ। इम्प्रेशनका सबै कमिटीहरू, यसअन्तर्गतका सबै प्रतिष्ठानका नेतृत्व तथा सदस्यहरूलाई मंसिर २७ गते हुने विशाल आमसभामा सक्रियतापूर्वक सहभागी भई परिचालित हुने निर्देशनसमेत दिएको छ।
यसअन्तर्गत:
- महासचिव सुरज अधिकारी र उपाध्यक्ष ओम खड्का– पार्टीको केन्द्रीय आईटी टिममा जिम्मेवारी
- उपाध्यक्ष किरण माली – प्रतिनिधि व्यवस्थापन तथा प्रकाशन कार्य
- उपाध्यक्ष रामकृष्ण बन्जारा – कान्तिपुर प्रतिष्ठान तर्फबाट परिचालन
- आर्थिक सचिव ईश्वरीप्रसाद शर्मा र एनसेल कर्मचारी युनियनका अध्यक्ष बिजय महत – एनसेल प्रतिष्ठान तर्फबाट परिचालन
- उपमहासचिव सुमन गौतम, केन्द्रीय सदस्य तथा युवा इन्चार्ज तेजप्रकाश धमाला – नेपाल टेलिकम तर्फ परिचालन
- केन्द्रीय सदस्य विक्रम श्रेष्ठ, सदस्य सबिता बस्नेत – पार्टीको भिडियो, फोटो तथा प्रसारण कार्यमा परिचालन हुनेछन्।
त्यसैगरी, महासंघले तोकेको स्वयंसेवा लगायत अन्य जिम्मेवारीहरू अध्यक्ष बालगोपाल थापाको नेतृत्वमा सम्पूर्ण इम्प्रेशन टिमले वहन गर्नेछ।
बैठकले नेपाल कम्युनिस्ट पार्टी एमाले को आगामी मंसिर २७–२९ गते काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका इम्प्रेशनका पूर्व अध्यक्ष तथा जिफन्टका प्रकाशन सचिव कमरेड महेन्द्र लाल श्रेष्ठ, इम्प्रेशन उपाध्यक्ष कमरेड किरण माली, र महासचिव सुरज अधिकारी तीनै जना कमरेडहरूलाई बधाई एवं शुभकामना दिने निर्णय समेत गरेको छ।