धारा–९ सदस्यता प्राप्ति

१. धारा ६ को उपधारा बमोजिम यस यूनियनको विधान तथा कार्यक्रमलाई मान्ने सम्पूर्ण श्रमिकहरु ।
प्रतिष्ठान स्तरमा कृयाशील निम्न यूनियनहरुले सदस्यताको लागि यस यूनियनको केन्द्रीय कमिटी समक्ष तोकिएको ढाँचामा आवेदन गर्न सक्नेछन् ।

(क) दर्ता भएको प्रतिष्ठान स्तरको ट्रेड यूनियनहरुले “सम्वद्ध यूनियन” (Affiliates) को सदस्यताको लागि ।
(ख) दर्ता भई नसकेको तर प्रतिष्ठान स्तरमा कृयाशील ट्रेड यूनियनहरुले “संलग्न यूनियन” को (Associates) सदस्यताको लागि ।

२. उपदफा १ बमोजिमको निवेदन प्राप्त भएपछि त्यस यूनियनलाई सदस्यता दिने वा नदिने भन्ने निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई हुनेछ ।

३. उपदफा (१) अनुसारको निवेदन उपर उपदफा (२) अनुसार सदस्यता प्रदान गरिएका “सम्बद्ध यूनियन” लाई संक्षेपमा सदस्य यूनियन भनी उल्लेख गर्न सक्नेछ ।

४. सदस्य यूनियनको यस यूनियनले तोके अनुसारको सदस्यता शुल्क बुझाउनु पर्नेछ ।

५. सदस्य यूनियनले प्रत्येक २/२ वर्षमा सदस्यता नविकरण गर्नु पर्नेछ ।

६. यो विधान जारी हुनुभन्दा अगाडि संघले दिएको सदस्यता यसै विधान बमोजिम सदस्य यूनियनले वितरण गरे सरह मानिनेछ ।

७. योग्यता पुगेका व्यक्ति, सम्बद्ध र संलग्न यूनियनले देहाय बमोजिमको शुल्क तिरी सदस्यता प्राप्त गर्न र नवीकरण गर्न सक्छन् ।

साधारण सदस्यहरुको लागि प्रवेश शुल्क रु. ३०/–
साधारण सदस्यता शुल्क मासिक रु. १०/–
सम्बद्ध ट्रेड यूनियन मासिक रु. १००/–
संलग्न ट्रेड यूनियन मासिक रु. ५०/–

धारा–१० सदस्यता सम्बन्धी विशेष व्यवस्था

(१) यूनियनको केन्द्रीय कमिटीले आवश्यक ठानेमा यस यूनियनको विधान तथा कार्यक्रम मान्नेलाई आफ्नो मुद्रण, संचार तथा प्रविधि क्षेत्रको कार्यमा लागि रहेका व्यक्तिलाई यूनियनको सदस्यता जारी गर्न सक्नेछ ।

(२) उपदफा (१) अनुसारको सदस्यलाई यूनियनको सदस्य यूनियनको सदस्य सरहको अधिकार हुनेछ ।

धारा–११ संलग्न यूनियनको सदस्य सम्बन्धी तथा कार्य संचालन
सदस्यता वितरण एवं कार्य संचालनको नमूना विधान अन्तर्गत गर्नेछ ।

धारा–१२ सदस्यताको समाप्ति

देहायको अवस्थामा सदस्य यूनियनको सदस्यता समाप्ति भएको मानिनेछ ।
(क) यस क्षेत्रको पेशा छोडी अन्य पेशा अपनाएमा
(ख) सम्बन्धित सदस्य यूनियनको साधारण सभाको २/३ बहुमतले सदस्यबाट हट्ने निर्णय गरी पेश गरेको पत्र केन्द्रीय कमिटीले अनुमोदन गरेमा ।
(ग) अर्को ट्रेड यूनियनको सदस्यता लिएमा ।
(घ) सदस्य यूनियन विघटन भएमा ।

धारा–१३ सदस्यताको ढाँचा
(१) सदस्य यूनियनले वितरण गर्ने सदस्यता पत्र केन्द्रीय कमिटीले तोकिदिएको ढाँचा अनुसारको हुनेछ ।

Member

Impression Nepal

Become a member