आइसिटी मिडिया तथा प्रेस प्रोफ़ेशनल्स यूनियनको काठमाडौं उपत्यका भेला संपन्न

काठमाडौँ भदौ २९,

आइसिटी मिडिया तथा प्रेस प्रोफ़ेशनल्स यूनियनको काठमाडौं उपत्यका भेला संपन्न भयो l भेलाले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला तदर्थ कमिटीहरु निर्माण गरेको छ l नया बनेका कमिटीहरुले जिल्ला भेला हरु गरि कमिटीलाई पूर्णता दिने म्यान्डेट पाएको छ l

बागमती प्रदेश इन्चार्ज तथा इम्प्रेशन केन्द्रिय सदस्य राजु दाहालको सभापतित्वमा सम्पन्न भएको युक्त भेलामा इम्प्रेशन नेपालका केन्द्रिय अध्यक्ष कमरेड बालगोपाल थापा लगायत केन्द्रिय पदाधिकारी र काठमाडौँ मा उपलब्ध केन्द्रिय नेताहरुको उपस्थिति थियो l


काठमाण्डौ जिल्ला कमिटि


१. फणिराज गुरागाई – अध्यक्ष
२. हरिराम नेपाल – उपाध्यक्ष
३. राम प्रसाद अधिकारी – सचिव
सदस्यहरु
४. पुस्पा कार्की
५. गणेश अधिकारी
६. लाल बहादुर लिम्बु
७. बिजया श्रेष्ठ
८. कोपिला कडेल
९. राम सुबेदी
१०. सुदाम सुबेदी


ललितपुर जिल्ला कमिटि


१. रमेश कार्की – अध्यक्ष
२. रोज बहाुर गौतम – उपाध्यक्ष
३. किशोर न्यौपाने – सचिव
सदस्यहरु
४. नुमा व्यन्जनकार
५. रमेश खत्री


भक्तपुर जिल्ला कमिटि


१. रमोहन श्रेष्ठ – अध्यक्ष
२. बिबेक श्रेष्ठ – उपाध्यक्ष
३. दामोदर धिमिरे – सचिव
सदस्यहरु
४. रामसुन्दर सिन्केमुनी
५. राजेन्द्र थापामगर

 

राम्रो गर्न प्रयास गर्ने- मुख्य सल्लाहकार बिष्णु रिमाल

भाद्र १०, काठमाडौँ !

जिफन्ट आबद्ध घटक युनियन आइसीटी मिडिया तथा प्रेस प्रोफेसनस युनियन, इम्प्रेशन नेपाल केन्द्रिय पदाधिकारी र सल्लाहकारहरु समेतको टोलि लाइ संबोधन गर्दै सम्माननीय प्रधानमंत्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार बिष्णु रिमालले आफ्नो बल बुताले, क्षमताले भ्याएसम्म राम्रो गर्न प्रयास गर्ने बताउनु भएको छ l

“तपाईं इम्प्रेशन संग सम्बन्धित श्रम, संचार र प्रबिधि क्षेत्र आजको सन्दर्भमा निकैनै सम्बेन्दंशील छन् l यी बिषयहरु जनता र राज्य संचालनमा हरेक पल जोडिनछन, त्यसैले कुनै पनि सरकारको सफलता र असफलता यी क्षेत्रहरुमा सरकार र राज्य संचालनका सबै अंगहरुले देखाउने दक्षता (पर्फर्मेन्स) मा निर्भर गर्दछ l इम्प्रेशनको यो बिज्ञ टोलीले गरेको भरोसा, विश्वास र माया प्रति म सधै आभारी छु र प्रयास गर्ने छु” उहाले भन्नुभयो l

यसअघि टोलीको तर्फबाट भेटको उद्धेश्यबारे संक्षिप्त मन्तब्य राख्दै इम्पेशन महासचिब सुरज अधिकारीले श्रम, संचार र प्रबिधि क्षेत्रका, नया र पुरानो दुवै पुस्ता बीच उतिकै भरोसायोग्य व्यक्तिलाइ प्राप्त मुख्य सल्लाहकारको जिम्मेवारीले हालको निराशाजनक अवस्थामा नया परिणाम निस्कने विश्वास रहेको र प्राप्त जिम्मेवारी र भूमिकाको लागि हार्दिक शुभकामना र बधाई दिनुभयो l

इम्प्रेशन नेपालका केन्द्रिय अध्यक्ष कमरेड बालगोपाल थापाको नेतृत्वमा उक्त भेटघाट /छलफल भएको थियो भने भेटमा प्रधानमन्त्रीका आइटी सल्लहाकार अस्गर अलि, प्रतिनिधि परिषद प्रमुख – पूर्व अध्यक्ष महेन्द्र लाल श्रेष्ठ, आइसीटी प्रोफेसनल्सका पूर्व संयोजक तथा आइसीटी बिज्ञ रोमकान्त पाण्डे, टेलिकम बिज्ञ डा शालिग्राम पराजुली लगायत आइसीटी क्षेत्रका बिज्ञ र इम्प्रेशन नेपालका केन्द्रिय पदाधिकारीहरुको उपस्थिति रहेको थियो l