जिफन्टको सातौं महाधिवेशन काठमाडौँमा सम्पन्न

काठमाडौं, चैत्र १७, नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) को सातौं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । चैत्र १४ देखि १७ सम्म सम्पन्न महाधिवेशनले विनोद श्रेष्ठको अध्यक्षतामा नयाँ राष्ट्रिय कमिटी चयन गर्यो ।

नयाँ राष्ट्रिय कमिटीको उपाध्यक्षहरुमा रमेश बडाल(विदेश मामिला), विदुर कार्की (योजना समन्वय तथा व्यवस्थापन), गुणराम आचार्य (आर्थिक प्रशासन), दिपक पौडेल (श्रम सम्वन्ध परिषद), जितेन्द्र श्रेष्ठ(प्रचार तथा प्रकाशन), मञ्जु थापा(ट्रेड युनियन शिक्षा), कमल गौतम(सामाजिक सुरक्षा तथा श्रमिक सहकारी) तथा मिना गुरुङ(अध्यक्ष, महिला कमिटी) हुनुहुन्छ । ८ जना उपाध्यक्षहरु मध्ये ७ जनाले एक–एक प्रदेशको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

यसैगरी महासचिवमा जनक चौधरी, उपमहासचिवद्धयमा दिनेश राई तथा पूर्णकुमारी कार्की हुनुहुन्छ । ५ जना सचिवमा त्रिविक्रम ज्ञवाली (आर्थिक), बेली मैया घले(ट्रेड युनियन शिक्षा), निशा बानियाँ(श्रम सम्वन्ध परिषद), सुनिता थापा(महिला) तथा दामोदर सापकोटा(विदेश मामिला) रहनु भएको छ ।

राष्ट्रिय कमिटीको सदस्य रहनेगरी प्रदेश अध्यक्षहरुमा किशोर धमला(प्रदेश नं १), कमलेश झा(प्रदेश नं २), रामहरि नेपाल(प्रदेश नं ३), रुद्र बहादुर खत्री(प्रदेश नं. ४), हरि बहादुर कार्की ( प्रदेश नं. ५), तेज प्रकाश जिसी (कर्णाली प्रदेश) तथा देव बहादुर बम(प्रदेश नं ७) निर्वाचित हुनुभयो ।

जिफन्टको संशोधित विधान अनुरुप घटक युनियनका अध्यक्षहरु स्वतः राष्ट्रिय कमिटीको पदेन सदस्य हुने व्यवस्था छ । सो अनुसार भीम ज्वाला राई(नेयास्वमसं), नरनाथ लुईंटेल (क्यूपेक नेपाल), आनन्द थामी(ह्वीन), सूर्य बहादुर कुँवर(नेस्वहोमयू), अर्जुन अधिकारी(जुगकाटेमयू), चन्द्र बहादुर थापा (नेस्वाकमयू), सुमन प्रसाद पराजुली (युनिट्राभ), महेन्द्र लाल श्रेष्ठ(ईम्प्रेशन नेपाल), चेतबहादुर सापकोटा (नेष्ट) तथा जीवन अधिकारी(नाटु) चयन हुनुभयो ।

यसैगरी महिला कमिटीमा विजया खड्का, रञ्जु भट्टराई, अरुणा थापा, चन्द्रा थामी, राजकुमारी चौधरी, कमला तामाङ, माया भण्डारी, शारदा पौडेल, मिश्र कुमारी गुरुङ, शारदा पोडे, स्मृति लामा, तारादेवी पौडेल, सीता लामा तथा पम्फा देवकोटा पहारी निर्वाचित हुनुभएको छ । जिफन्टको राष्ट्रिय कमिटीमा कुल ४१ दशमलव ६७ प्रतिशत महिला पुगेका छन् ।

जिफन्टको युवा कमिटी सन्तोष पुडासैनीको अध्यक्षतामा चयन भएको छ । यसैगरी राष्ट्रिय कमिटीको पदेन बैकल्पीक सदस्यहरुमा मचाबाबु मालाकार, नारायण अधिकारी, पूर्णचन्द्र उपाध्याय, चन्द्र सागर लामा तथा गणेश श्रेष्ठ चयन हुनुभयो ।

महाधिवेशनले जिफन्टको संरक्षकमा वर्तमान अध्यक्ष विष्णु रिमाललाई चयन गरेको छ । यसैगरी वर्तमान वरिष्ठ उपाध्यक्ष हरिदत्त जोशी प्रतिनिधि परिषद प्रमुख चयन हुनुभएको छ भनें वर्तमान महासचिव विष्णु लम्साल केन्द्रीय अनुशासन निरिक्षण आयोगको प्रमुख हुनभएको छ । वरिष्ठ युनियनकर्मी सञ्जालको अध्यक्षमा केशव दुवाडी चयन हुनुभयो ।

महाधिवेशनमा देशभरीका ४ सय १२ जना प्रतिनिधि सहभागि थिए । यसैगरी २३ मुलुकका ३१ वटा संगठनका ४८ जना विदेशी अतिथिहरु पनि सहभागि भए ।

ईम्प्रेसन नेपालकाे सपथ ग्रहण र कार्यभार हस्तान्तरण

काठमाडौं – जिफन्ट आवद्ध ईम्प्रेसन नेपालको निर्वाचित केन्द्रीय कमिटीलाई सपथ ग्रहण तथा कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जिफन्ट सभाहलमा आयोजित कार्यक्रममा जिफन्टका महासचिव विष्णु लम्सालले निर्वाचित कमिटीलाई सपथ ग्रहण तथा प्रमाणपत्र प्रदान गर्नुभयो । नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन र आइटीसी प्रोफेसनल युनियनबीच एकता महाधिवेशनबाट बनेको नयाँ यूनियनको नाम ईम्प्रेसन हो ।

पुरानो कमिटीले नयाँ कमिटीलाई माईन्यूट लगायत सम्पूर्ण सामग्री हस्तान्तरण गरेको उक्त कार्यक्रममा महासचिव लम्सालले नयाँ प्रविधिको बिकाससँगै जिफन्ट आवद्ध यूनियनहरू पनि परिमार्जित हुँदै अगाडी बढिरहेको बताउनु भयो । उहाँले नयाँ यूनियनले कार्यकताहरूको चाहना र भावनालाई अत्मासाथ गर्दै अगाडी बढन सकोस् भनेर शुभकामना पनि दिनु भयो ।

कार्यक्रममा युनि एसिया प्यासेफिकका उपमहासचिव राजेन्द्र आचार्यले प्रेस मजदुर र आइटीसी प्रोफेसनलहरूको एकताले यूनियन अन्दोलन बलियो हुने धारणा राख्नुभयो । कार्यक्रम ईम्प्रेसन नेपालका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन र आइटीसी प्रोफेसनल युनियनबीच एकता महाधिवेशन सम्पन्न

काठमाडौं– माघ २७, जिफन्ट आवद्ध नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन र आइटीसी प्रोफेसनल युनियनबीच एकता महाधिवेशन सम्पन्न भएको छ । एकतापश्चात युनियनको नाम ईम्प्रेसन राखिएको छ ।

महाधिवेशनले महेन्द्र लाल श्रेष्ठको अध्यक्षतामा ईम्प्रेसनको १९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति पनि चयन गरेको छ । उपाध्यक्षहरुमा ओम बहादुर खड्का तथा बालगोपाल थापा रहनु भएको छ । महासचिवमा सुरज अधिकारी चयन हुनुभयो । यसैगरी सचिवहरुमा कृपा कार्की, राम कृष्ण बञ्जारा तथा विष्णु कुँवर रहनुभएको छ ।

केन्द्रीय कार्यसमितको सदस्यहरुमा दुर्गा पौडेल, जनक लम्साल, सुमन गौतम, अरुण फुयाँल, दामोदर राजथला रहनु भएको छ । यसैगरी अन्य सदस्यहरुमा ढकप्रसाद खतिवडा, गुणनीधि पाण्डे, रमा सुवेदी, किरण गौतम तथा तेजप्रकाश जीसी रहनु भएको छ । दुईजना सदस्य पछि थप हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।