जनवरी १४, २०२२,
काठमाडौँ,
आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालले छ महिना लामो डिजिटल अर्गनाईजिंग कार्यक्रमको प्रथम चरण अन्तर्गत निर्माण गरिएको वेबसाइट र अनलाइन सदस्यता ब्यबस्थापन प्रणालीको सुभारम्भ गरेको छ l युनी ग्लोबल युनियन एसिया प्यासिफिक क्षेत्रीय सचिब श्री राजेन्द्र कुमार आचार्यले काठमाडौँमा उक्त सिस्टमको उदघाटन गर्नु भएको हो l
कोभिड १९ महामारीले युनियनका गतिबिधिहरु शिथिल भएको अवस्थामा प्रविधिको प्रयोग मार्फत संगठित रहने र सांगठानिक गतिबिधि नया तरिका बाट संचालन गर्न युनी ग्लोबल युनियनको सहयोगमा डिजिटल अर्गनाइजिंग कार्यक्रम संचालन गरिएको हो l
छ महिना अबधि संचालन गरिएको उक्त कार्यक्रम अन्तर्गत नेतृत्व बिकाशको लागि युनियनका नेता तथा सदयाहरुलाई तालिम संचालन गरिएको थियो l डिजिटल अभियान अन्तर्गत, झापा, काठमाडौँ, पोखरा र सुर्खेतमा गरि चार वटा प्रदेश स्तरीय कार्यशालाहरु संचालन गरिएका थिए भने काठमाडौँमा नै मर्यादित कामका लागि सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वन, चुनौती र अबसरहरु बिषयक बहुपक्षीय सामाजिक सम्बाद पनि संचालन गरिएका थिए l
उक्त वेबसाइट र सदस्यता ब्यबस्थापन प्रणाली को उदघाटन गर्दै आचार्यले कठिन परिस्थितिमा पनि इम्प्रेशन नेपालले डिजिटल अर्गनैजिंग कार्यक्रम सफलता पुर्बक सम्पन्न गरेको मा धन्यवाद दिदै भविष्यमा पनि सहकार्य जारि रहेने प्रतिबद्दता जाहेर गर्नु भयो l
सो अबसरमा नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष कमरेड बिनोद श्रेष्ठ उपाध्यक्षहरु बिदुर कार्की, जितेन्द्र श्रेष्ठ लगायत इम्प्रेशन नेपालका केन्दीय पदाधिकारी हरुको उपस्थिति रहेको थियो l
कार्यक्रममा हालै दिबंगत हुनुभएका इम्प्रेशन नेपालका उपाध्यक्ष कमरेड ओम बहादुर खड्का का पुजनीय पिता स्वर्गीय मान बहादुर खड्का प्रति भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा समबेदना समेत व्यक्त गरियो l
वीरेन्द्रनगर, सुर्खेत
२०७८ मंसिर २२,
इम्प्रेसन नेपाल केन्द्रीय कमिटीको समन्वय, युनि ग्लोबल युनियनको आर्थिक सहयोगमा र इम्पे्रशन नेपाल कर्णाली प्रदेश कमिटीको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कृषि बजार व्यवस्थापन समितिको हलमा कोभिड १९ बाट प्रभावित सदस्यहरुलाई स्वास्थ्य सामग्री राहत वितरण र डिजिटल प्रविधीबाट संगठन निर्माण कार्यशाला भव्य रुपमा सम्पन्न गरियो ।
जिफन्ट आवद्ध इम्प्रेसन नेपालका ६५ जना सदस्यहरुको उपस्थिती रहेको सो कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष बल बहादुर सोतीले गर्नुभएको थियो । कार्यक्रमलाई उद्घाटन गर्दै जिफन्ट प्रदेश अध्यक्ष तेज प्रकाश जिसीले संगठन निर्माणसँगै सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गरी राहत वितरण आयोजना गरिएको जानकारी दिनुभयो । कर्णाली प्रदेशको मुख्य प्रशासनिक तथा व्यापारिक केन्द्र सुर्खेतको वीरेन्द्रनगर भएकोले तेस्रो चरणको कोभिड भेरियन्ट संक्रमणबाट बच्न केही हदसम्म सहयोग पुग्ने बताउनुभयो । प्रदेश अध्यक्ष निम बहादुर बुढाले सो अवसरमा बोल्दै वीरेन्द्रनगरमा सञ्चालित अफसेट प्रेसहरुमा कार्यरत श्रमिकहरुलाई आफु सुरक्षित भएर काम गर्न सल्लाह समेत दिनुभयो । कार्यक्रममा ६५ जना सदस्यहरुलाई मास्क, सेनिटाइजर, औषधी लगायतका सामग्रीहरु वितरण गरिएको थियो ।
दमक, झापा, मङ्सिर २६,
आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालले प्रदेश न एक को झापा मा डिजिटल संगठन निर्माण सम्बन्धी एकदिने कार्यशाला आयोजना गर्यो l सूचना प्रबिधिको तिब्र बिकाश र कोभिड १९ को महामारी बीच मजदुरहरुका हक अधिकार सुरक्षित गर्न नया तरिकाबाट कसरी संगठन निर्माण गर्न सकिन्छ भन्ने बारेमा इम्प्रेशन सदस्यहरुलाई कार्यशालामा प्रशिक्षण दिईएको थियो l
इम्प्रेशन नेपालका केन्द्रीय सदस्य क. दुर्गा प्रसाद शर्माको अध्यक्षता रहेको उक्त कार्यशालामा महिला पुरुष गरि २० जनाको सहभागिता रहेको थियो । कार्यशालाको लागि युनि ग्लोबल युनियनले आर्थिक सहयोग गरेको थियो l
मंसिर २५ गते, काठमाडौ
आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालले काठमाडौमा डिजिटल अर्गनाइजिंग कार्यशालाको आयोजना गरेको छ l नया जमानामा प्रबिधिको प्रयोग गर्दै आफ्नो पेशागत हक अधिकार प्राप्त गर्न कसरि संगठित हुन सकिन्छ, भन्ने बारेमा इम्प्रेशन सदस्यहरुलाई कार्यशालामा प्रशिक्षण दिईएको थियो ।
जिफन्ट उपाध्यक्ष क. जितेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता तथा इम्प्रेशन अध्यक्ष क. महेन्द्रलाल श्रेष्ठको सभापतित्वमा कार्यशाला सम्पन्न भएको थियो भने मुख्य प्रशिक्षक को रुपमा प्रतिनिधी परिषद् प्रमुख रोमकान्त पाण्डे हुनुहुन्थ्यो l
प्रमुख अथिति श्रेष्ठले आजको डिजिटल युगमा परम्परागत तौ तरिकाबाट मात्र संगठित हुने र आफ्ना अधिकार प्राप्त गर्न नसकिने भएकोले अब इम्प्रेशन मात्र नभइ सबै घटक यूनियन हरुलाई डिजिटाइज गर्न प्रेरित गर्ने महासंघको लक्ष्य भएको बताउनुभयो l
कार्यशालामा महिला पुरुष गरि ६० जनाको सहभागिता रहेको थियो भने कार्यशालाको लागि युनि ग्लोबल युनियनले आर्थिक सहयोग गरेको हो l
मंसिर २५ , पोखरा,
आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालले पोखरामा डिजिटल अर्गनाइजिंग कार्यशालाको आयोजना गरेको छ l प्रबिधिको प्रयोग गर्दै आफ्नो पेशागत हक अधिकार प्राप्त गर्न कसरि संगठित हुन सकिन्छ, भन्ने बारेमा इम्प्रेशन सदस्यहरुलाई कार्यशालामा प्रशिक्षण दिईएको थियो ।
इम्प्रेशन नेपालका केन्द्रिय कमिटीका सदस्य तथा कास्की जिल्ला इन्चार्ज क. गुणनिधी पाण्डेकोे अध्यक्षतामा सम्पन्न कार्यशालाको मुख्य प्रशिक्षण इम्प्रेशन नेपालका केन्द्रिय उपाध्यक्ष क. ओम खड्काले गर्नु भएको थियो l
कार्यशालामा महिला र पुरुष गरि २१ जनाको सहभागिता रहेको थियो । कार्यशालाको लागि युनि ग्लोबल युनियनले आर्थिक सहयोग गरेको थियो l
मङ्सिर २२
बिरेन्द्रनगर , सुर्खेत
इम्प्रेसन नेपाल केन्द्रीय कमिटीको समन्वय, युनि ग्लोबल युनियनको आर्थिक सहयोगमा र इम्प्रेसन नेपाल कर्णाली प्रदेश कमिटीको आयोजनामा एक दिने डिजिटल अर्गानाइजिङ्ग प्रशिक्षण कार्यक्रम आयोजना गरियो ।
उपस्थित सहभागी सदस्यहरुलाई इम्प्रेशन नेपाल प्रदेश अध्यक्ष निम बहादुर बुढाले कामसँगसँगै सूचना प्रविधिको प्रयोगबाट पनि अब हरेक कामहरु सम्पन्न गर्न सकिने बताउँदै सहजीकरण गर्नुभयो । देश विदेशमा भइरहेको डिजिटल संसारलाई आत्मसाथ गर्नु आजको आवश्यकता भैसकेको बताउँदै बुढाले अबका दिनहरुमा सामाजिक सञ्जाल र विभिन्न एप्सहरुको प्रयोगमा दख्खलता प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो । परम्परागत कामको शैली र विश्वमा भइरहेको प्रविधिको विकासलाई नेपालीहरुले प्रयोग मात्र होइन अविष्कार समेत गरिरहेको बताउँदै जिफन्ट प्रदेश अध्यक्ष तेज प्रकाश जिसीले अबका सुनौला दिनहरुमा कामको प्रकृतिसँगै प्रविधिको प्रकृतिलाई बुझ्न, सिक्न र प्रयोग गर्न सहभागीहरुलाई उत्साहित बनाउनुभयो । कार्यक्रममा सहभागीहरुलाई डिजिटल अर्गानाइजिङ्ग सम्बन्धी प्रशिक्षण समेत दिइएको थियो ।