डिजिटल अर्गनाईजिंग अन्तर्गत अनलाइन सदस्यता ब्यबस्थापन प्रणाली सुभारम्भ

डिजिटल अर्गनाईजिंग अन्तर्गत अनलाइन सदस्यता ब्यबस्थापन प्रणाली सुभारम्भ

जनवरी १४, २०२२,

काठमाडौँ,

आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालले छ महिना लामो डिजिटल अर्गनाईजिंग कार्यक्रमको  प्रथम चरण अन्तर्गत निर्माण गरिएको वेबसाइट र अनलाइन सदस्यता ब्यबस्थापन प्रणालीको सुभारम्भ गरेको छ l युनी ग्लोबल युनियन एसिया प्यासिफिक क्षेत्रीय सचिब श्री राजेन्द्र कुमार आचार्यले काठमाडौँमा उक्त सिस्टमको उदघाटन गर्नु भएको हो l

कोभिड १९ महामारीले युनियनका गतिबिधिहरु शिथिल भएको अवस्थामा प्रविधिको प्रयोग मार्फत संगठित रहने र सांगठानिक गतिबिधि नया तरिका बाट संचालन गर्न युनी ग्लोबल युनियनको सहयोगमा डिजिटल अर्गनाइजिंग कार्यक्रम संचालन गरिएको हो l

छ महिना अबधि संचालन गरिएको उक्त कार्यक्रम अन्तर्गत नेतृत्व बिकाशको लागि युनियनका नेता तथा सदयाहरुलाई तालिम संचालन गरिएको थियो l डिजिटल अभियान अन्तर्गत, झापा, काठमाडौँ, पोखरा र सुर्खेतमा गरि चार वटा प्रदेश स्तरीय कार्यशालाहरु संचालन गरिएका थिए भने काठमाडौँमा नै मर्यादित कामका लागि सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वन, चुनौती र अबसरहरु बिषयक बहुपक्षीय सामाजिक सम्बाद पनि संचालन गरिएका थिए l

उक्त वेबसाइट र सदस्यता ब्यबस्थापन प्रणाली को उदघाटन गर्दै आचार्यले कठिन परिस्थितिमा पनि इम्प्रेशन नेपालले डिजिटल अर्गनैजिंग कार्यक्रम सफलता पुर्बक सम्पन्न गरेको मा धन्यवाद दिदै भविष्यमा पनि सहकार्य जारि रहेने प्रतिबद्दता जाहेर गर्नु भयो l

सो अबसरमा नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष कमरेड बिनोद श्रेष्ठ उपाध्यक्षहरु बिदुर कार्की, जितेन्द्र श्रेष्ठ लगायत इम्प्रेशन नेपालका केन्दीय पदाधिकारी हरुको उपस्थिति रहेको थियो l

कार्यक्रममा हालै  दिबंगत हुनुभएका इम्प्रेशन नेपालका उपाध्यक्ष कमरेड ओम बहादुर खड्का का पुजनीय पिता स्वर्गीय मान बहादुर खड्का प्रति भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा समबेदना समेत व्यक्त गरियो l

Member

Impression Nepal

Become a member