कोभिड – १९ प्रभावित मजदुरहरुलाई राहत वितरण कार्यक्रम सम्पन्न
वीरेन्द्रनगर, सुर्खेत
२०७८ मंसिर २२,
इम्प्रेसन नेपाल केन्द्रीय कमिटीको समन्वय, युनि ग्लोबल युनियनको आर्थिक सहयोगमा र इम्पे्रशन नेपाल कर्णाली प्रदेश कमिटीको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कृषि बजार व्यवस्थापन समितिको हलमा कोभिड १९ बाट प्रभावित सदस्यहरुलाई स्वास्थ्य सामग्री राहत वितरण र डिजिटल प्रविधीबाट संगठन निर्माण कार्यशाला भव्य रुपमा सम्पन्न गरियो ।
जिफन्ट आवद्ध इम्प्रेसन नेपालका ६५ जना सदस्यहरुको उपस्थिती रहेको सो कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष बल बहादुर सोतीले गर्नुभएको थियो । कार्यक्रमलाई उद्घाटन गर्दै जिफन्ट प्रदेश अध्यक्ष तेज प्रकाश जिसीले संगठन निर्माणसँगै सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गरी राहत वितरण आयोजना गरिएको जानकारी दिनुभयो । कर्णाली प्रदेशको मुख्य प्रशासनिक तथा व्यापारिक केन्द्र सुर्खेतको वीरेन्द्रनगर भएकोले तेस्रो चरणको कोभिड भेरियन्ट संक्रमणबाट बच्न केही हदसम्म सहयोग पुग्ने बताउनुभयो । प्रदेश अध्यक्ष निम बहादुर बुढाले सो अवसरमा बोल्दै वीरेन्द्रनगरमा सञ्चालित अफसेट प्रेसहरुमा कार्यरत श्रमिकहरुलाई आफु सुरक्षित भएर काम गर्न सल्लाह समेत दिनुभयो । कार्यक्रममा ६५ जना सदस्यहरुलाई मास्क, सेनिटाइजर, औषधी लगायतका सामग्रीहरु वितरण गरिएको थियो ।
Member


