राम्रो गर्न प्रयास गर्ने- मुख्य सल्लाहकार बिष्णु रिमाल
भाद्र १०, काठमाडौँ !
जिफन्ट आबद्ध घटक युनियन आइसीटी मिडिया तथा प्रेस प्रोफेसनस युनियन, इम्प्रेशन नेपाल केन्द्रिय पदाधिकारी र सल्लाहकारहरु समेतको टोलि लाइ संबोधन गर्दै सम्माननीय प्रधानमंत्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार बिष्णु रिमालले आफ्नो बल बुताले, क्षमताले भ्याएसम्म राम्रो गर्न प्रयास गर्ने बताउनु भएको छ l
“तपाईं इम्प्रेशन संग सम्बन्धित श्रम, संचार र प्रबिधि क्षेत्र आजको सन्दर्भमा निकैनै सम्बेन्दंशील छन् l यी बिषयहरु जनता र राज्य संचालनमा हरेक पल जोडिनछन, त्यसैले कुनै पनि सरकारको सफलता र असफलता यी क्षेत्रहरुमा सरकार र राज्य संचालनका सबै अंगहरुले देखाउने दक्षता (पर्फर्मेन्स) मा निर्भर गर्दछ l इम्प्रेशनको यो बिज्ञ टोलीले गरेको भरोसा, विश्वास र माया प्रति म सधै आभारी छु र प्रयास गर्ने छु” उहाले भन्नुभयो l
यसअघि टोलीको तर्फबाट भेटको उद्धेश्यबारे संक्षिप्त मन्तब्य राख्दै इम्पेशन महासचिब सुरज अधिकारीले श्रम, संचार र प्रबिधि क्षेत्रका, नया र पुरानो दुवै पुस्ता बीच उतिकै भरोसायोग्य व्यक्तिलाइ प्राप्त मुख्य सल्लाहकारको जिम्मेवारीले हालको निराशाजनक अवस्थामा नया परिणाम निस्कने विश्वास रहेको र प्राप्त जिम्मेवारी र भूमिकाको लागि हार्दिक शुभकामना र बधाई दिनुभयो l
इम्प्रेशन नेपालका केन्द्रिय अध्यक्ष कमरेड बालगोपाल थापाको नेतृत्वमा उक्त भेटघाट /छलफल भएको थियो भने भेटमा प्रधानमन्त्रीका आइटी सल्लहाकार अस्गर अलि, प्रतिनिधि परिषद प्रमुख – पूर्व अध्यक्ष महेन्द्र लाल श्रेष्ठ, आइसीटी प्रोफेसनल्सका पूर्व संयोजक तथा आइसीटी बिज्ञ रोमकान्त पाण्डे, टेलिकम बिज्ञ डा शालिग्राम पराजुली लगायत आइसीटी क्षेत्रका बिज्ञ र इम्प्रेशन नेपालका केन्द्रिय पदाधिकारीहरुको उपस्थिति रहेको थियो l
Member


