नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन र आइटीसी प्रोफेसनल युनियनबीच एकता महाधिवेशन सम्पन्न

नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन र आइटीसी प्रोफेसनल युनियनबीच एकता महाधिवेशन सम्पन्न

काठमाडौं– माघ २७, जिफन्ट आवद्ध नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन र आइटीसी प्रोफेसनल युनियनबीच एकता महाधिवेशन सम्पन्न भएको छ । एकतापश्चात युनियनको नाम ईम्प्रेसन राखिएको छ ।

महाधिवेशनले महेन्द्र लाल श्रेष्ठको अध्यक्षतामा ईम्प्रेसनको १९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति पनि चयन गरेको छ । उपाध्यक्षहरुमा ओम बहादुर खड्का तथा बालगोपाल थापा रहनु भएको छ । महासचिवमा सुरज अधिकारी चयन हुनुभयो । यसैगरी सचिवहरुमा कृपा कार्की, राम कृष्ण बञ्जारा तथा विष्णु कुँवर रहनुभएको छ ।

केन्द्रीय कार्यसमितको सदस्यहरुमा दुर्गा पौडेल, जनक लम्साल, सुमन गौतम, अरुण फुयाँल, दामोदर राजथला रहनु भएको छ । यसैगरी अन्य सदस्यहरुमा ढकप्रसाद खतिवडा, गुणनीधि पाण्डे, रमा सुवेदी, किरण गौतम तथा तेजप्रकाश जीसी रहनु भएको छ । दुईजना सदस्य पछि थप हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

Member

Impression Nepal

Become a member