जिफन्टमा बिनोद  श्रेष्ठको नेतृत्वमा ५७ सदस्यीय नयाँ नेतृत्व चयन

जिफन्टमा बिनोद श्रेष्ठको नेतृत्वमा ५७ सदस्यीय नयाँ नेतृत्व चयन

नेकपा एमाले निकट मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशन ५७ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेर सुरु भएको महाधिवेशन सोमबार राति विनोद श्रेष्ठलाई अध्यक्षमा पुन चयन गर्दै सम्पन्न भएको हो । महाधिवेशनले उपाध्यक्षमा रमेश बडाल, विदुर कार्की, जितेन्द्र बहादुर श्रेष्ठ, जनक चौधरी, मञ्जु थापा, सीता लामा र कमल गौतम चयन भएका छन् ।

त्यसैगरी महासचिव लक्ष्मण शर्मा र उपमहासचिवमा नरनाथ लुइँटेल र कमला तामाङ चयन भएका छन् । ५ जना सचिवमा क्रमश कृष्ण केसी, बेलीमाया घले, स्मृति लामा, महेन्द्रलाल श्रेष्ठ, र तारानिधी पन्त रहेका छन् । ४१ जना केन्द्रीय कार्यसमिति सदस्य चयन भएका छन् ।

जिफन्टको ५१ सदस्यीय कार्यसमितिको विधान परिवर्तन गर्दै ५७ सदस्यीय बनाएको छ । जसमा ८ उपाध्यक्षबाट १ घटाएर सात र ५ जना सदस्य थपेको हो ।

Member

Impression Nepal

Become a member