ईम्प्रेसन नेपालकाे सपथ ग्रहण र कार्यभार हस्तान्तरण

ईम्प्रेसन नेपालकाे सपथ ग्रहण र कार्यभार हस्तान्तरण

काठमाडौं – जिफन्ट आवद्ध ईम्प्रेसन नेपालको निर्वाचित केन्द्रीय कमिटीलाई सपथ ग्रहण तथा कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जिफन्ट सभाहलमा आयोजित कार्यक्रममा जिफन्टका महासचिव विष्णु लम्सालले निर्वाचित कमिटीलाई सपथ ग्रहण तथा प्रमाणपत्र प्रदान गर्नुभयो । नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन र आइटीसी प्रोफेसनल युनियनबीच एकता महाधिवेशनबाट बनेको नयाँ यूनियनको नाम ईम्प्रेसन हो ।

पुरानो कमिटीले नयाँ कमिटीलाई माईन्यूट लगायत सम्पूर्ण सामग्री हस्तान्तरण गरेको उक्त कार्यक्रममा महासचिव लम्सालले नयाँ प्रविधिको बिकाससँगै जिफन्ट आवद्ध यूनियनहरू पनि परिमार्जित हुँदै अगाडी बढिरहेको बताउनु भयो । उहाँले नयाँ यूनियनले कार्यकताहरूको चाहना र भावनालाई अत्मासाथ गर्दै अगाडी बढन सकोस् भनेर शुभकामना पनि दिनु भयो ।

कार्यक्रममा युनि एसिया प्यासेफिकका उपमहासचिव राजेन्द्र आचार्यले प्रेस मजदुर र आइटीसी प्रोफेसनलहरूको एकताले यूनियन अन्दोलन बलियो हुने धारणा राख्नुभयो । कार्यक्रम ईम्प्रेसन नेपालका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Member

Impression Nepal

Become a member