इम्प्रेशन नेपालको कर्णाली प्रदेश स्तरीय प्रथम भेला सम्पन्न

इम्प्रेशन नेपालको कर्णाली प्रदेश स्तरीय प्रथम भेला सम्पन्न

भदौ ९ ,वीरेन्द्रनगर, आईसिटी,मिडिया तथा प्रेस प्रोफेसनल्स यूनियन, इम्प्रेशन नेपालको कर्णाली प्रदेश स्तरीय प्रथम भेला वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ l भेलाले निम बहादुर वुढाको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ ।

यसैगरी प्रदेश कमिटि उपाध्यक्षमा सत्येन्द्र दर्लामी, सचिवमा लक्ष्मी रोकाय, सहसचिव सविना राना (सुर्खेत) सदस्यहरु विनोदकुमार घर्ती (जाजरकोट), धर्मराज थापा, दिपेन्द्र सुनार (दैलख), गोविन्दराज पुरी (कालीकोट), गोपी चौधरी (रुकुम) र सूर्य बहादुर महत (जुम्ला) बाट रहेका छन् l भेलाले जिल्ला संयोजकहरु तोक्नुका साथै युवा र महिला प्रतिनिधि समेत छनौट गरेको छ ।

इम्प्रेसन नेपाल का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज कमरेड तेज प्रकाश जिसीको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा इम्प्रेसन नेपाल संस्था र यसका कार्यक्रमहरुका बारेमा इन्चार्ज जिसीले सहभागीहरुलाई प्रशिक्षित गराउनु भएको थियो भने सहभागिहरुले यूनियनको विधान, मर्म र नीति अनुरुप निरन्तर गतिविधि संचालनमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिवद्धता जनाएका थिए ।

जिफन्ट राष्ट्रिय कमिटी महिला सदस्य चन्द्रा धामीले भेलाको शुभकामना दिंदै युनियनको गतिविधि अब वैज्ञानिक, समसामयिक र व्यवहारिक हुनुपर्ने धारणा राख्नु भयो ।

साथै भेलाका अतिथि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश कमिटी अध्यक्ष दुर्गा थापाले श्रमिकको समस्याहरु नजिकबाट बुझ्ने मौका पाइरहेको तर समस्या समाधानका लागि यूनियनको जग बलियो हुनुपर्ने धारणा राख्दै श्रमिकको पेशालााई मर्यादित र सम्मानित बनाउन पत्रकार महासंघले कुनै कसर बाँकी नराख्ने बताउनु भयो । थापाले एउटालाई पर्दा सबै जाग्नुपर्छ तब मात्र यूनियनको मर्म झल्कने
कुरामा जोड दिनु भयो ।

नव निर्वाचित अध्यक्ष बुढाले इम्प्रेशन अब सुर्खेतमा मात्र सिमित रही प्रदेशका नौ जिल्लामा विस्तारित गर्दै यूनियनलाई बलियो बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । भेलामा सहभागीहरुलाई सुर्खेत जिल्ला इन्चार्ज अजय कुर्मीले स्वागत गर्नुभएको थियो भने भेला बलबहादुर सोतीको मगरको अध्यक्षतामा भएको थियो ।

Member

Impression Nepal

Become a member