नेतृत्व अभिमुखीकरण तथा क्षमता अभिबृद्धि बिषयक कार्यशाला सम्पन्न
काठमाडौँ, मंसिर २४, आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालको आयोजनामा नेतृत्व अभिमुखीकरण तथा क्षमता अभिबृद्धि बिषयक दुइदिने कार्यशाला काठमाडौँ मा सम्पन्न भएको छ l
बदलिदो समय, प्रबिधि प्रयोगमा आएको बढोत्तरीको परिवेशमा हाम्रो सामु थपिएका चुनौतीहरुको सामना गर्न र अबसरमा बदल्न सक्ने सामाजिक नेताहरुको आवश्यकता थपिएको छ l पुराना अनुभब र भोगाईबाट पाठ सिक्दै भोलिको सुनौलो भबिष्य निर्माण गर्न बर्तमानमा सिर्जनशील भएर कार्य गर्ने नेतृत्वको मूल काम हुन सक्छ अब l
हाल सूचना तथा संचार क्षेत्र बढीनै चलायमान छ l यसको बिकाश तिब्र र चमत्कारिक छ l छिन् छिन् को परिबर्तन स्वीकार गर्न, त्यो गतिमा दौडन हामीलाई निकै मुस्किल छ l तथापी चुनौतीहरुसंग मुकाबिला गर्न र अवसर समात्न समयको गतिमा आफुलाई एकाकार गर्नु भन्दा अर्को विकल्प छैन l
यसै सन्दर्भमा युनी ग्लोबल युनियनको सहकार्यमा इम्प्रेशन नेपालले दुइ दिने नेतृव अभिमुखीकरण र क्षमता अभिबृद्धि कार्यशाला आयोजना गरेको हो l
इम्प्रेशन नेपालका केन्द्रीय नेतृत्व, युवा र महिला समेतको सहभागितामा सम्पन्न उक्त कार्यशालामा बक्ताको रुपमा जिफन्ट केन्द्रीय उपमहासचिब, कमला तामांग र सचिब महेन्द्र लाल श्रेष्ठले नेतृत्व बिकाश सम्बन्धी मुख्य प्रशिक्षण दिनु भएको थियो भने महासचिब सुरज अधिकारीले इम्प्रेशन नेपालले लिएको लक्ष गरेका गतिबिधि र युनियनको भाबी योजना बारे प्रस्तुति दिनु भएको थियो l
Member


