इम्प्रेशनबाट तिन नेता प्रतिनिधि चयन
काठमाडौ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आसन्न ११औँ ऐतिहासिक महाधिवेशनका लागि नेपाल ट्रेड युनियन महासंघ अन्तर्गतको घटक संस्था आईसीटी, मिडिया एण्ड प्रेस प्रोफेशनल्स युनियन – इम्प्रेशन बाट तिन जना नेता प्रतिनिधि चयन हुन सफल भएका छन्।
यसअन्तर्गत इम्प्रेशनका पूर्व अध्यक्ष तथा जिफन्टका प्रकाशन सचिव कमरेड महेन्द्र लाल श्रेष्ठ, इम्प्रेशनका उपाध्यक्ष किरण माली, र महासचिव सुरज अधिकारी आगामी मंसिर २७–२९ गते काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि चयन भएका हुन ।
Member
Impression Nepal




