योगदानमा आधारित सामाजिक सुरक्षा बिषयक भर्चुअल कार्यशाला
काठमाडौँ, मंसिर १८, आइसीटी, मिडिया र प्रेस प्रोफेसनल्स युनियन नेपाल, इम्प्रेसन नेपालको आयोजनामा मङ्सिर १८ गते योगदानमा आधारित सामाजिक सुरक्षा बिषयक भर्चुअल कार्यशाला सम्पन्न भयो l
नेपाल ट्रेड युनियन महासंघ जिफन्टको दुइ दशक लामो संघर्ष तथा श्रम क्षेत्रसंग सम्बन्धित अन्य सरोकारवालाहरुको अथक प्रयास पछि सरकारले २०७५ साल मङ्सिर ११ गतेबाट योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरुको औपचारिक सुभारम्भ गरेको थियो l काम काजी जिबनमा कमाएको केहि रकम योगदान गर्ने अनि आफु काम गर्न असमर्थ हुन सक्ने परिस्थिति वा बृद्ध अवस्थामा आइपर्ने स्वास्थ्य उपचार लगायत दायित्वहरु बहन गर्न सजिलो होस् भन्ने यो योजनाको उद्धेश्य रहेको छ l
योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरुको औपचारिक सुरुवात भएको केहि वर्ष बिते पनि यस संग सम्बन्धित संचालनका विभिन्न कानुनी ब्यबस्थाहरु, योजनाले योगदान कर्ताहरुका लागि गरेका व्यवस्थाहरु, योजनामा सरिक हुदा हुने फाइदा साथै यसमा संलग्न हुने बिधि प्रक्रियाहरुका कैयन पक्षहरुमा छलफल गरि हाम्रा सदस्यहरुलाई बुझ्ने र बुझाउने उद्धेश्यले यो कार्यशालाको आयोजना गरिएको हो l
युनी ग्लोबल युनियनको सहयोगमा संचालित यो कार्यशालामा इम्प्रेशन नेपालका मुख्य तिन सेक्टर आइसीटी, मिडिया, प्रेस, ग्राफिकल, प्याकेजिंग संग सम्बन्धित सदस्यहरुको उपस्थिति रहेको थियो l भर्चुअल कार्यशालाको बिषय बक्ता नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रचार तथा प्रकाशन सचिब कमरेड महेन्द्र लाल श्रेष्ठ रहनु भएको थियो l
Member


