कान्तिपुरमा ७ बुँदे माग राखी कामदार तथा कर्मचारीहरू आन्दोलनमा
मिति २०८० असार २८ गते कान्तिपुर पब्लिकेसन्समा कान्तिपुर संयुक्त संघर्ष समितिले एक कार्यक्रमको आयोजना गर्यो । इम्प्रेशन नेपालसहित चारवटा युनियनमा आवद्ध कामदार तथा कर्मचारीहरूको उक्त संयुक्त संघर्ष समितिले कान्तिपुर पब्लिकेसन्सको व्यवस्थापकसमक्ष विभिन्न ७ बुँदे माग राखी आन्दोलन गरेको थियो । उक्त कार्यक्रममा इम्प्रेशन नेपालका अध्यक्ष बालगोपाल थापाले श्रमजीवी पत्रकार ऐनअनुसार यहाँ काम गर्ने सम्पूर्ण कामदार तथा कर्मचारीले आफूले पाउने हक, अधिकार एवं सुविधा पाउनु पर्ने बताउनु भयो । यदि कानुन अनुसार पाउनु पर्ने अधिकार तथा सुविधा नपाए कानुन अनुसार गर्न गराउन व्यवस्थापकपक्षलाई घुँडा टेकाउन वाध्य बनाउन हामी सक्षम छौँ र यसमा इम्प्रेशन नेपालको पूर्ण साथ र सहयोग हुने प्रतिवद्धता समेत जाहेर गर्नुभयो ।
कान्तिपुर संघर्ष समितिले राखेका ७ बुँदे मागहरूमा – श्रमजीवी पत्रकार ऐन तथा सम्मानित सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ लागू गरियोस्, राजिनामा दिँदा श्रमजीवी पत्रकार ऐन बमोजिम उपदानको व्यवस्था गरियोस्, कर्मचारी कटौती गर्दा श्रमजीवी पत्रकार ऐन तथा विनियमावली बमोजिम क्षतिपूर्ति सहित उपदानको व्यवस्था गरियोस्, घर बिदा र विरामी बिदा पालना गरियोस्, कल्याणकारी कोषको व्यवस्था गरियोस्, सेवा सुरू गरेदेखि नै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरियोस् आदि छन् ।
Member


